मात्रिका यादवसँग वैद्य माओवादीको एकता नहुने
२८ फागुन, काठमाडौं । माओवादी पार्टीहरुवीच एकता गरेर एउटै ‘माओइस्ट केन्द्र’ बनाउने एमाओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति सकारात्मक रहेको नेकपा-माओवादीका सचिव देव गुरुङले प्रतिक्रिया दिएका छन् । तर, पार्टी एकताका लागि एमाओवादीले हेटौडा महाधिवेशनको लाइन सच्याएर पालुङटार विस्तारित बैठकले तयार पारेको कार्यदिशा अवलम्बन गर्नुपर्ने गुरुङको तर्क छ ।
एउटै माओवादी केन्द्र बनाउने प्रचण्डको प्रस्तावबारे अनलाइनखबरले राखेको जिज्ञासामा वैद्य माओवादीका नेता गुरुङ भन्छन्- ‘चुनाबी परिणाम आएपछि पार्टी एकता गर्नुपर्छ भन्ने प्रचण्डजीहरुले महसुस गरेजस्तो देखिन्छ, तर पार्टी एकता भनेको विचारका आधारमा गरिने कुरा हो ।’
हेटौडाको दस्तावेजलाई रिभ्यु गरेर पालुङटारको स्पिरिटमा जाने हो भने पार्टी एकता हुन सक्छ, हामी पालुङटारकै सेरोफेरोमा छौं -गुरूङ
नेता गुरुङले अनलाइनखबरसँग भने- ‘हेटौडाबाट पारित दस्तावेजलाई रिभ्यु गरेर पालुङटारको स्पिरिटमा जाने हो भने पार्टी एकता हुन सक्छ ।’
एमाओवादीको पछिल्लो केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा हेटौडाकै कार्यदिशा सही छ भनिएकाले तत्काल त्यसमा उनीहरुले पुनर्विचार गर्ने सम्भावना नदेखिएको गुरुङले बताए । ‘तर, धेरै कार्यकर्ताले हेटौंडाको कार्यदिशामाथि प्रश्न उठाइसकेका छन् र वर्गसंघर्ष एवं राष्ट्रिय स्वाधीनताको प्रश्नमा मिस्टेक भयो भनेका छन्, त्यो सकारात्मक छ’ उनले भने, तर यतिले मात्रै पर्याप्त हुँदैन, पार्टी एकता गर्ने हो भने उहाँहरुले वैचारिक आत्मसमीक्षा गर्न जरुरी छ, हामी त पालुङटारकै सेरोफेरोमा छौं ।’
मात्रिका यादवसँग वैद्य माओवादीको एकता नहुने
यसैवीच विद्रोही माओवादी पार्टीहरुलाई एक ठाउँमा ल्याउने वैद्य माओवादीको प्रयासमा मात्रिका यादव समूहले अस्वीकृति जनाएको छ । ‘मात्रिका यादवजी एकताका लागि तयार हुनुहुन्न, उहाँले १२ बुँदे लिखित प्रस्तावै पेश गरेर एकता गर्न नसकिने बताइसक्नुभएको छ,’ गुरुङले अलनलाइनखबरसँग भने,’मणि थापा र परि थापाजीहरुको पार्टीसँग पार्टी एकताको प्रयास भइरहेको छ ।’
तर, नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक प्रश्नमा कुरा मिलिसकेपछि पनि झिना मसिना कुराले एकतामा बाधा पुग्ने गरेको ‘तीतो यथार्थ’ गुरुङले सुनाए






0 comments:
Post a Comment