२८ फागुन, काठमाडौं । सरकारी स्वामित्वको दूध विकास संस्था डीडीसीले उपभोक्तालाई लक्षित प्रशोधित दूधको भाउमा प्रतिलिटर ६ र ८ रुपैयाँका दरले वृद्धि गरेको छ । डीडीसी सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको हो । किसानहरुले दूधको लागत बढेकाले मूल्य बढाउन आन्दोलन थालेपछि डीडीसीले भाउ बढाउनुपरेको भनेको छ ।
आजदेखि डीडीसीले बिक्री गर्ने स्ट्यान्र्ड मिल्कको प्रतिलिटर बजार मूल्य ५६ रुपैयाँ पुगेको छ भने फुल क्रिम दूधको मूल्य प्रतिलिटर ६८ रुपैयाँ पुगेको छ । डीडीसीले किसानलाई प्रतिलिटर ३२ देखि ३५ रुपैयाँ तिर्छ । बुधबार बढइएको ६ रुपैयाँ ६९ प्रतिशत अर्थात ४ रुपैयाँ १५ पैसा किसानलाई दिनेछ भने १ रुपैयाँ ८५ पैसा अर्थात ३१ प्रतिशत डीडीसीले पाउनेछ । ३१ प्रतिशत मध्येबाट बुथ कमिसन १० पैसा वृद्धि गरिएको छ । उपभोक्तालाई बिहान दूध बिक्री गर्ने किराना पसलले प्रतिलिटर १ रुपैयाँ ९० पैसा पाउनेछन् ।






0 comments:
Post a Comment