Thursday, June 23, 2016

देउवा र पौडेल पक्षबीच भागबन्डामा लफडा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारामा पर्न थालेका छन् । संसदीय दलको कार्यसमितिका सदस्य र दल अन्तर्गत रहने संसदीय समितिका संयोजक प्रस्ताव गर्दा पौडेलले ४५ प्रतिशत हिस्सा मागेका हुन् । भागबन्डाका विषयमा कुरा नमिल्दा दुई नेताबीच भनाभन समेत भएको थिय स्रोतअनुसार बिहीबार गठन भएको दल अन्तर्गतको १२ संसदीय समितिमा पौडेलले न्यूनतम ५ संयोजक माग गरेपछि दुई नेताबीच विवाद भएको हो । 

संसदीय दलको कार्यसमिति सदस्यमा समेत पौडेलले ४५ प्रतिशतको हिस्सा पाउनुपर्ने लिखित नै माग गरेका थिए । देउवाले १२ समितिका संयोजकमध्ये पौडेल पक्षका तीन जनाको नाम मात्रै प्रस्ताव गरेका थिए । संसदीय दलको कार्यसमितिमा विवाद भएपछि पौडेल पक्षका दुई जना थप गरी ५ जनालाई संयोजक दिन देउवा तयार भएका हुन् । एकपक्षीय रुपमा संसदीय समिति बनाउन खोजेको भन्दै दलको कार्यसमितिमा मनोनीत पौडेल पक्षका तीन जना भने बैठकमा अनुपस्थित भए । निर्वाचित सदस्यहरू भने बैठकमा सहभागी थिए । १२ समितिमध्ये पौडेल पक्षबाट विधायन समितिमा तारणदत्त चटौत, अर्थ समितिमा मोहनप्रसाद बराल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बलबहादुर केसी, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा जीवन परियार र राज्य व्यवस्था समितिमा नवीन्द्रराज जोशीलाई संयोजक बनाइएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट रहेका सुधीरकुमार शिवाकोटीलाई कृषि तथा जलस्रोत समितिको संयोजक बनाइएको छ । देउवाले अन्य समितिहरूमा आफू निकटकालाई संयोजक बनाएका छन् । त्यस अनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा अम्बिका बस्नेत, सामाजिक न्याय तथा मानवअधिकार समितिमा मोख्तार अहमद, विकास समितिमा जीवनबहादुर शाही, वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मा, सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी र सार्वजनिक लेखा समितिमा भरतकुमार शाह संयोजक छन् । समितिका सदस्यहरू भने व्यवस्थापिका संसद् अन्तर्गत समितिमै रहेका सदस्यहरू रहनेछन् । सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक केसीको ठाउँमा पुष्कर आचार्य र अर्थ समितिका संयोजक बरालको ठाउँमा चन्द्र भण्डारीको नाम ल्याएका थिए । पौडेल पक्षले विवाद झिकेपछि देउवा ४१ प्रतिशत बढीको हिस्सा दिन तयार भएका हुन् । बैठकमा पौडेल पक्षका केही सदस्यहरूले पार्टी सभापति देउवाले पार्टीलाई सन्तुलित बनाउन सबै पक्षकालाई समेटेर अघि बढ्नुपर्ने माग गरेका थिए । देउवा पक्षीय सदस्यहरूले भने पार्टीको १३औं महाधिवेशनमा भागबन्डाको अन्त्य गर्ने नारा दिएर चुनाव लडेका नेताबाटै ४५ प्रतिशतको भाग खोज्न नमिल्ने भन्दै पौडेलको आलोचना गरेका थिए ।

अब देखि नेपालीलाई अफगानिस्तान जान रोक

काठमाडौं, सरकारले अफगानिस्तान जान चाहने कामदारलाई श्रम स्वीकृति नदिने निर्णय गरेको छ। काबुलमा तालिबानी आतंककारीले बम आक्रमण गरी १३ नेपालीको हत्या गरेपछि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अफगानिस्तान जान तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय गरेको कानुनमन्त्री अग्नि खरेलले बताए।

 सरकारले सन् २०११ भन्दाअघि पनि अफगानिस्तानमा कामदार पठाउन रोक लगाएको थियो। संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका कारण रोक नलगाउन राष्ट्रिय तथा अन्तर्रष्ट्रिय दबाब आएपछि अफगानिस्तानमा कामदार पठाउन खुला गरिएको थियो। श्रम सचिव विष्णु लम्सालले भने, 'सिरिया, लिबिया र इराकमा पहिलेदेखि नै श्रम स्वीकृति नदिने गरिएको थियो। अब आफगानिस्तानका लागि पनि नदिने निर्णय भएको हो।'सरकारले काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। 'जो जेजस्तो अवस्थामा रहे पनि सबै मृतकका परिवारलाई एकमुष्ठ १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,' सामान्य प्रशासनमन्त्री रेखा शर्माले अन्नपूर्णसँग भनिन्। श्रम स्वीकृति लिएर गएका ११ जनामध्ये तीनजनाको भिसा अवधि सकिएको पाइएको छ। 

बम आक्रमणमा घाइते भएकाको उपचार खर्च पनि सरकारले बेहोर्ने भएको छ। मन्त्री शर्माका अनुसार अफगानिस्तानमा कार्यरत नौ हजारभन्दा बढी नेपाली कामदारले स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था मिलाउने निर्णय भएको छ। मृतकका शवसँगै बुधबार २४ जना नेपाली कामदारलाई अफगानिस्तानबाट ल्याइएको थियो। वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जीवन बिमाको रकम गत वैशाख १ गतेदेखि वृद्धि गरी १० लाख रुपैयाँसम्म पाउने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदारले एक हजार रुपैयाँ तिरेर म्यादी बिमा गर्ने गरेका छन्। 

यसअघि म्यादी बिमाबापत पाँच लाख रुपैयाँ पाउने व्यवस्था थियो। वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा उसका १६ वर्षमुनिका सन्तानलाई छात्रवृत्ति दिने सरकारी नीति छ। यसैबीच बैठकले लगानी बोर्डको कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको कार्यअवधि सकिएपछि सरकारले अधिकारीलाई नियुक्त गरेको हो। अर्का एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले दुई भारतीयले लिएको नेपाली नागरिकता रद्द गरेको छ। त्यसमध्ये एकजनाले जन्मसिद्ध र एकजनाले वंशजको नागरिकता लिएका थिए।

Saturday, December 12, 2015

टे ल्हो (बाँदर) ल्होछार / लोसार सम्बन्धि जानकारी

बाँदर बर्ष:यस बर्ष सवै कुराले काम गर्नेछ । कम्तीमा छरितो बाँदरले सवै कोणहरूबाट प्रयास नगरिकन परित्याग गर्दैन । असंभव प्रयासहरूमा समेत सफलता मिल्नेछ। आविष्कार तथा सुधारको छेलोखेलो हुनेछ ।

राजनीति, कुटनीति उच्च अर्थव्यवस्था तथा व्यापार व्यवसायहरू एकअर्कालाई गफ दिने प्रयास गर्दै आफ्नो दाऊ फ्याँकिरहेका हुनेछन् । एउटा बढी रमाइलो तथा उत्तेजनाले भरिएको समय जसमा खेलमा आफ्नो हात आजमाउनको लागि सवैलाई अवसर मिल्नेछ । बाँदरले आफ्नो गल्तीमा हाँस्दै अर्को पटक आफ्नो मोलतोल गर्ने शक्तिमा सुधार गर्न सक्ने भएकोले यहाँ कुनै सोझो द्वन्द हुँदैन । 

यो एउटा त्यस्तो खालको बर्ष हो जसले हामीलाई अर्को मानिसलाई छकाएर त्यस भन्दा राम्रो भाग पाउने प्रयास गरिरहेको पाउनेछ । कसले जित्दैछ भनेर लेखाजोखा राख्न गाह्रो हुनेछ किनकी देब्रे हातमा कति छ भनेर दाहीने हातलाई थाहा हुँदैन । एउटा कुरा निश्चित हुन्छ यो एउटा ज्यादै उन्नतिशील समय हुनेछ । हामी सवैजना अघाडी बढ्नेछौं र आधिकतम प्राप्तीको लागि यदि हामीले निवेदन नदिए तापनि हामी सिक्न र उन्नति गर्नमा बाँदरको प्राकृतिक खुबीको तरङ्गको छालद्वारा अघि बढाइनेछौं । 

यस बर्ष शासन गर्ने बाँदरको भाग्यशाली पुष्टिले हामीलाई जुवा खेल्न, लाभ निस्चित नभएको ठाउँमा लगानी गर्न र जोखिम पूर्ण तर सिपालु विकल्पलाई उपयोग गर्न तर्फ उक्साउनेछ । झीक्नमा यदि तपाई छिटो हुनुहुन्छभने यस बर्षले विशाल लाभांष दिनेछ । यो बर्ष निश्चयनै कमजोर मुटु भएको वा कम चलाक मानिसहरूको लागि होइन । बाँदरले कुनैपनि छुट दिदैन र बदलामा केही पनि माग्दैन । यदि रोकावट आयो भने बाँदरको बर्षले चाँडै त्यसलाई अन्त्य गर्नेछ । ऊसको आशावादी तथा तिखो प्रभावहरूद्वारा व्यापार व्यवसायले आकाशलाई छुनेछ । 

बाँदरको स्रोतको प्रचुरताले सवैलाई अचम्म तथा हायल कायल पार्नेछ । यो कुरालाई मनन गर्नु चाखलाग्दो हुन्छ कि अमेरिकाको जन्म अग्नि बाँदर बर्ष सन् १७७६ मा भएको थियो । शायद यसले यति छोटो समयमा उपलब्ध गरेको ऊसको अद्भुत विकास र अचम्मलाग्दो उपलब्धिहरूलाई व्याख्या गर्छ । भनिन्छकी बाँदर बर्षले काम कुरा गर्ने कैयन नयाँ तथा अपरम्परागत विधिहरूलाई ल्याउँछ । 

बाँदर वर्ष कुन वर्गको लागि: 

मुसा वर्गको लागि बाँदर वर्षकमा कस्तो हुन्छ ? 
यस बर्ष मुसा वर्गको लागि थुनसुम परेकोले बाधाहरू धेरै आउनेछन् त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पुजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । यद्यपि घर वा व्यापारमा कुनै गम्भिर समस्या नदेखिएकोले यस बर्ष मुसाले एउटा फलदायी बर्ष मनाउन सक्ने छ । ऊसले खराब भन्दा असल समाचारहरू बढी पाउने छ । यद्यपि यस समयमा भविष्यमा पछाडी धकेलिनबाट टाढा रहनको लागि ऊसले मित्रता वा साझेदारीलाई तोडनबाट ऊ टाढै रहनुपर्छ ।

गोरू वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
गोरु वर्गको मानिसको लागि भाग्यशाली र उन्नति पूर्ण बर्ष । महत्वपूर्ण व्यक्तिहरूद्वारा ऊ सत्कार गरिनेछ वा ऊसको खोजी गरिनेछ । परिवारमा शुभ समाचार वा नयाँ जागिर वा पदोन्नतिले उसलाई पर्खन्छ । नयाँ कार्य वा साझेदारी देखिन्छ । 

बाघ वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
बाघ वर्गको मानिसलाई यस बर्ष धुनसुर परेकोले बाधाहरू धेरै आउनेछन् । त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । बाघको लागि एउटा झर्कोलाग्दो बर्ष । झर्को र उत्तेजना तथा असफलताहरूले ऊसको धैर्यता र दूरदर्शीताको शक्तिको परिक्षा गर्नेछ । ऊसले आफ्ना विरोधहरूलाई बढी ठूलो स्वरले उठाउनु हुँदैन र मुद्दातर्फ डोर्यााउन सक्ने द्वन्दहरूबाट ऊ टाढा नै रहनु पर्नेछ । ऊसले यस बर्ष अघि पछि भन्दा बढी यात्रा र मनोरञ्जन गर्नु पर्नेछ र सम्झौता गर्नको लागि बाध्य हुनु पर्नेछ । 

खरायो (बिरालो) वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
बढी आशावादी नभएमा खरायो वर्गको मानिसको लागि एउटा उचित बर्ष । आर्थिक लेनदेन वा करारमा अनपेक्षीत बाधा आइ पर्नेछ वा विश्वासी सहयोगीले धोका दिएको कारण फलिभुत नहुन सक्छ । ऊसको पारिवारीक जीवन शान्त रहनेछ तर ऊसले आफ्नो उन्नतिमा बाधा पुर्याीउन सक्ने कैयन सामान्य विरामीहरूको सामना गर्नु पर्नेछ । 

ड्रागन वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
यस बर्ष थुनसुम परेकोले बाधाहरू धेरै आउनेछन् त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । यद्यपि ड्रागनको लागि एउटा मिश्रीत बर्ष । ऊसको जीवनको गति र आर्थिक कृयाकलापमा उन्नति देखिने छ तर ऊ प्रारम्भिक चरणका अनुकुल परिणामहरूबाट झुक्किनु हुँदैन नत्रभने ऊ कानूनी झन्झटको चंगुलमा पर्न सक्छ । यदि सवैकुरा आफूले चाहे अनुसारले गर्नमा ऊ बढी ढीठ भयो भने त्यसको परिणाम स्वरूप मित्रता टुट्न सक्छ वा प्रेममा झगडा हुन सक्छ । सम्झौताहरू गर्ने र अरूको सल्लाह सुन्ने एउटा समय । 

सर्प वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
आफूलाई ज्यादै आवश्यक परेको बेलामा सर्पले सहायता पाउने भएकोले एउटा असल बर्ष । तै पनि ऊ नचाहँदा नचाहँदै पनि विवादमा पर्न सक्छ यदि ऊसले आगोमा घिऊ नथपेमा सवैकुरा आफै जलेर नष्ट हुनेछ । तैपनि यी प्रतिकुल अवस्थाहरूले अनावश्यक चिन्ता पुर्यािउन पनि सक्छ । यो रूढिवादी वा टतस्थ रहने एउटा बर्ष हो ।

घोडा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
घोडा वर्गको मानिसको लागि एउटा निकै असल खालको बर्ष अचानक लाभ हुने अथवा नसोचेको लाभहरू देखिएकोले घोडाको लागि एउटा शौभाग्यशाली बर्ष । ऊसले जुन कुरा खोजेको हो त्यो ऊसले पाउनेछ तर ऊ असावधानीबाट उत्पन्न हुन सक्ने देखिएको दुर्घटनाहरूबाट सावधान पनि रहनु पर्नेछ । घर परिवारमा एउटा दुखद समाचार आउन सक्नेछ तर अरूको समस्याहरूले उसलाई व्यक्तिगत रूपमा असर पार्ने छैन । 

भेडा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
भेडा वर्गको मानिसको लागि एउटा असल बर्ष । काममा प्राप्त भएको मान्यता तथा पदोन्नतिले उसलाई सन्तुष्टिको एउटा चेतना दिन्छ र ऊसले एउटा व्यस्त तर लाभदायक बर्ष उपभोग गर्नेछ । विरोधिहरू कम नै हुनेछन र स्वास्थ्य सम्बन्धि समस्याहरू साना हुनेछन् । 

बाँदर वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
बाँदर वर्गको मानिसहरूको लागि एउटा उत्कृष्ट समय । उपलब्धि, खुशी तथा मान्यता प्राप्त हुने देखिएकोले ऊसले आफ्नै व्यापार व्यवसाय स्थापन गर्न सक्छ । ऊसले अचम्मको उन्नति गर्नेछ । यद्यपि यस वर्षमा बर्ष बाधा (ल्हो काग) परेकोले चिताएका कुराहरू पुरा नहुनु पनि सक्छ । त्यस कारण गुम्बामा गएर लामा गुरुहरूबाट पूजा पाठ गराएमा बाधाहरूलाई हटाउने प्रयास गर्न सकिन्छ । टाउको दुखाइ मुख्य गरेर आफू मातहतका, आसामी वा ऊसको साहसी उद्यममा लगानी गर्ने मानिसहरूबाट आउनेछ । आवश्यकताभन्दा बढी परिश्रम गरेबाट स्वास्थ्य सम्बन्धि समस्याहरू देखा पर्नेछ । 

चरा वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
चरा वर्गको मानिसहरूको लागि एउटा प्रतिकूल बर्ष । चरालाई आर्थिक समस्या, व्यापार व्यवसाय वा जागिरमा असफलता वा घरमा व्यक्तिगत कष्टहरू आइलाग्ने छन् । ऊसले न्याय गर्नमा गल्ति गर्ने संभावना देखिन्छ त्यसैले ऊसले बाहिरी सूचनामाथि भर पर्नुहुँदैन तर सवैकुरालाई आफैले राम्ररी जाँच पडताल गर्नुपर्छ । काम कुराहरू उनीहरूको वास्तविक रूपमा भन्दा असल रूपमा देखिनेछन् । 

कुकुर वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
कुकुर वर्गको मानिसको लागि एउटा असल बर्ष । यो कुकुरले अपेक्षा गरेजस्तो फलदायी नभएर एउटा धपेडीयुक्त हुनेछ तर घरमा उत्सव वा असल समाचार आउनेछ । अतिरिक्त खर्च, अघि पछि भन्दा बढी यात्रा वा बासस्थानमा परिवर्तन आउनसक्ने देखिन्छ । नयाँ मित्र र महत्वपूर्ण मानिसहरूले उनलाई सत्कार गर्नेछन् । 
 बनेल वर्गको लागि बाँदर बर्षमा कस्तो हुन्छ ? 
बनेल वर्गको मानिसको लागि असल तथा सन्तुष्टिदायक समय । ऊ पैसाको कमी वा असहयोगवाट सताइनेछ र ऊसको मन कैयन घरायसी र व्यक्तिगत समस्याहरूको बोझद्वारा सताइनेछ । परिणामहरू पूर्णतया अनुकुल हुन्छैनन् तर ऊ रूपैयाँ पैसा सापट लिन वा अरू मानिसहरूको बलसँग संलग्न भएर कठिनाइहरूलाई समाधान गर्नमा सक्षम हुनेछ । 

 (अनुवादक/लेखक मुकेश लामा लो को ‘बाह्र ल्हो , पाँच खाम र ल्होसार पुस्तकबाट )

Friday, September 4, 2015

भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक समवेदना !!!

भद्र १८ – मृत्यु जीवनको अन्तिम सत्य । यो न रोकेर रोकिन्छ न त छेकेर नै छेकिन्छ । मृत्युको यही निर्मम नियम अगाडि ऐस आरामको बैभवशाली जीवन बाच्ने बादशाहहरुदेखि अरबौंका मालिकले पनि नीरिह हुनु पर्छ, घुडा टेक्नै पर्छ । कवि शिरोमणी लेखनाथ पौड्यालको कवितामा भनिय जस्तो न यो टारेर टर्छ,न मेटेर नै मेटिन्छ । 

समय आउँछ,कतिवेला कुन स्थितीमा लिएर लैजान्छ केही थाहा हुँदैन । विज्ञान र प्रविधीमा मानव सभ्यताले दिग्विजय हासिल गरे पनि मान्छे मृत्युको अगाडि निरिह र अकर्मन्य छ । फगत निरिह हुनुको उसमा कुनै विकल्प छैन । 

जीवनको यही शाश्वत सत्य ‘मृत्य’ुको शिकार हामी सबै हुनु पर्छ । फरक त यति हो, कोही ढिला गरेर यसको शिकार हुन्छन त कोही चाढै । ढिलो चाढो जे भए पनि अन्ततः सबै यसको शिकार भएरै छाड्छन् । मृत्युको यही शाश्वत सत्य हुन्छा, 

 बैदेशिक रोजगारीको क्रममा करिव ३ वर्ष अगाडि मलेसिया गएका रामेछाप जिल्ला लखनपुर गा.वि.स.वडा नम्बर ६ डोब्ला (छेपीडाडा ) स्थायी घर भएका श्री चन्द्रबहादुर तामाङको छोरा श्री मेघबहादुर तामाङ यहि मिति २०७२ साल भदौ ८ गते (25august 2015) मंगलबारको दिन मलेसियाको (Malaysia) क्वालालम्पुर (पोर्तगाल केलाङ ) भन्ने शहरमा पसलबाट फर्किने क्रममा अचानक गाडीले किल्चेर वा गाडी दुर्घटनामा परि असामयिक निधन भएकोले आजा १० दिन पछी उहाको लास नेपाल आइपुगेकोले स्वयम्भु स्थित च्यानमा तामांग परम्परा अनुसार भोलि अन्तेस्ती गर्दै, यसै क्रममा नेकपा एमालेका नेताबाट पार्टीको झन्डा ओडाई एक मिनेट महोंनद्हरण गरी भावपूर्ण श्रद्धाञ्जली वा हार्दिक समवेदना ब्यक्त ।

 श्री मेघबहादुर तामाङको सम्झनामा शोकमा डुबिरहेका परिवारजन ,दाजुभाइ ,दिदिबहिनी ,आफन्तजन,मित्रजन र डोब्ला (छेपीडाडा )घिसिङ परिवारजनहरुमा भगवान धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन् भन्ने कामना ब्यक्त गर्दछु । पोंङ्दी टार नामसा http://nepalikhabarchautari.blogspot.com/

Tuesday, August 11, 2015

पोङ्दी गुम्बा मोलम