Friday, August 15, 2014

डल्लु आबास क्षेत्रमा घाँटी रेटिएको अवस्थामा भेटिएकी मृतक युवती रामेछापको डडुवा-७ सैलुङकी

३० साउन, काठमाडौं । डल्लु आबास क्षेत्रमा घाँटी रेटिएको अवस्थामा भेटिएकी पेमा छेकी शेर्पालाई आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । 

Ramesh-maharjanप्रेमिकाको हत्या गरेको अभियोगमा काठमाडौं लगनका रमेश महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान गम्भीर घाइते अवस्थामा भेटिएकी उनलाई उद्दार गरी वीर अस्पताल पुर्‍याइएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरेका थिए । भीआइपी आवास नजिक महिला लडिरहेको देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेको थियो ।

मृतक युवती रामेछापको डडुवा-७ सैलुङ घर भई काठमाडौं भगवान पाउ स्वयम्भु बस्ने २५ वर्षकी पेमा छेकी शेर्पा भएको शुक्रबार विहान मात्र पुष्टी भएको छ ।
प्रहरीका अनुसार पेमा छेकी शेर्पा र रमेश महर्जन काठमाडौं विजेश्वरी स्थित अर्जुन श्रेष्ठको गर गहना प्याकेजिङ वक्सा वनाउने ˆयाक्ट्री काम गर्थे ।

उनीहरुबीच प्रेम रहेको तर, विवाहको विषयमा विवाद भएपछि महर्जनले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘रमेश महर्जन विवाहित रहेछन् । त्यही भएर विवाहको विषयमा विवाद भएपछि घुम्न जाउँ भनेर बोलाएर हत्या गरेको देखिएको छ’ महानगरीय प्रहरी परिसर हनुमानढोकाका डीएसपी अर्जुन चन्दले अनलाइनखबरसँग भने ।

0 comments:

Post a Comment