subba@...
यो मौसम घुमघामका लागि उपयुक्त हो । न जाडो, न गर्मी यो मौसममा घुमघाम साँच्चिकै आनन्ददायक हुन्छ ।
त्यही कारण पनि यतिबेला मुलुकको पर्यटन उद्योगमा सिजन लाग्छ । तर, अब घुमघाम बिदेशीको शौखको बिषयमात्र रहेन, नेपालभित्रै पनि आन्तरिक पर्यटन फैलदो छ ।
यदि तपाई दशैं मनाउने योजनामा हुनुहुन्न वा तपाईले दशैं मान्नुहुन्न भने लामो छुट्टी लिएर आनन्दले घुम्ने यो उपयुक्त मौसम हो । हामी तपाईलाई केही आन्तरिक पर्यटन गन्तब्यबारे जानकारी दिँदै छौं जसले तपाईलाई योजना बनाउन सजिलो हुनेछ ।
प्राकृतिक सुन्दरको अनुपम उपहार हो शैलुङ । चिसो मौसमा सेताम्य हिउँले ढाकेको हिमालको अब्लोकन गर्न पाईन्छ, भने बैशाख जेठमा रंगीचंगी फूलले हराभरा देखिन्छ । शैलुङ क्षेत्रको प्रमुख बिशेषता भनेको विशाल हिमाली फाँटहरुमा फुल्ने यिनै सप्तरंगी फूलबारी हुन् ।
शैलुङ क्षेत्रमा सानो शैलुङ महादेब, राजबिर गुम्बा, पोङ्दी गुम्बा बागढुंगाजस्ता धार्मिक स्थलहरुले शैलुङ क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । शैलुङ क्षेत्रमा ठुला साना गरि १०८ वटा थुम्काहरु छन् । यिनै थुम्काबाट नै शैलुङको नमकरण पनि शैलुङ रहन गयो ।
यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाईन्छ । प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् ।
कसरी पुग्ने शैलुङ ?
काठमाण्डौदेखि बनेपा १५०० किमी बसमा यात्रा गरेपछि काठमाडौंदेखी रामेछापको पोङ्दिटारसम्म बसमा ५,६ घण्टा बसको यात्रा गर्नुपर्छ । त्यसपछी सुरु हुन्छ पैदल यात्रा । सानो शैलुङसम्म बस जनसक्नेबाटो भए पनि रुटको बस नभएको करण पोङदी गुम्बबाट पैदल यात्रा आथब बस रिजर्भ गरेर पनि जान सकिन्छ ।
रामेछापको पोङ्दी गुम्बादेखि सुरु भएको पैदल यात्राको २,३ घण्टामा सानो शैलुङ्को महादेब मन्दिरमा पुगिन्छ ।
शैलुङ सबै नेपाली पुग्न चाहने आलौकिक सुन्दरताले भरिपूर्ण पर्यटकीयस्थल हो । समुन्दि्र सतहबाट ४ हजार मिटर उचाइृमा अवस्थित ठुलो शैलुङमा विश्वमै कहीँ पनि नभेटिने प्रजातिको चारा चुरुङी र जदिबुडी पाईन्छ । शैलुङको पुरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा अवस्थित नै उपयुक्त स्थल हो । घाम किरण अनुसार फुल र चरा चुरुङीहरुले आफ्नो रंग र भाका फेर्ने गर्दछ । यस् भेककै सबै भन्दा ठुलो थिर्थस्थलमा जति बाह्य पर्यटकको आगमन हुनु पर्ने हो त्यति हुन सकेको छैन । तर, स्वदेशी पर्यटकको भने निकै उल्लेखनिय आगमन हुने गरेको छ ।

0 comments:
Post a Comment