Wednesday, February 26, 2014

दिलशोभा भन्छिन्- 'नखाएको बिष लाग्दैन'

काठमाडौं, फाल्गुन १४ - यौनदुराचारको आरोप लागेकी आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले नखाएको बिष नलाग्ने बताएकी छन् । उनले कानुन नजानेर आफू परिबन्दमा परेको बताइन् ।
बृद्धबृद्धा संरक्षणका लागि आमाघर दर्ता गराए पनि कानुन नजानेर बालगृह सञ्चालनका लागि अनुमति नलिंदा समस्यामा फसेको उनले बताइन् । उनीमाथि बालगृहमा रहेका किशोरीलाई घरमै पठाएर यौनदुराचार गरेको आरोप छ ।
कालिमाटी गणेस्थानकी एक 'हुनेखाने' बृद्धालाई आमाघरमा ल्याएर राख्नभन्दा घरमै मान्छे पठाएर 'सेवा' गर्न लगाउने बताएको उनले खुलाइन् । त्यहि अडियो टेप प्रशासनलाई उपलब्ध गराइएको छ । 'दिउँसो मेरोमा काम गर्छिन् । रातमा तपाईंसँग राख्नुस् भनेको थिएँ,' उनले स्पष्ट पारिन् । दिलशोभाले आमाघर सञ्चालनका लागि खर्च पनि दिन भनेको बताइन् ।
दिलशोभाले यौन दुर्व्यहार गरेको पुष्टि गर्न चुनौति दिइन् । 'नखा'को बिष लाग्दैन,' उनको भनाइ छ, 'कसलाई कसलाई दुर्व्यवार गरेको छ, मैले पनि थाहा पाउनुपर्‍यो ।'

0 comments:

Post a Comment