२७ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एसियाली विकास बैंक (एडिबी)सँग लिएको अबौं ऋणको साँवा र व्याज चुक्ता गर्न सरकारले हवाई यात्रुसँग रकम असुल्ने भएको छ ।
मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा त्रिभुवन विमानस्थल सुधारका लागि लिइएको ऋणको साँवा व्याज भुक्तानी गर्न हवाई यात्रुसँग छुट्टै रकम उठाउन गरिएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको छ ।
नागरिक उड्डयन प्राधिकरणको प्रस्ताव तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन हुँदै करिब आठ महिनाअघि अर्थ पुगेको थियो । लामो छलफलपछि अर्थले केही दिनअघि ‘विमानस्थल विकास शुल्क’ का नाममा यात्रुसँग १ हजार रुपैयाँका दरले छुट्टै रकम असुल्न प्राधिकरणलाई स्वीकृति दिएको नागरिक दैनिकमा खबर छ ।
‘नागरिक उड्डयन’ प्राधिकरणलाई प्रतियात्रु १ हजार रुपैयाँका दरले विमानस्थल विकास शुल्क उठाउन स्वीकृति दिइएको छ,’ अर्थका एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘त्रिभुवन विमानस्थलबाट प्रस्थान गर्ने स्वदेशी र विदेशी दुवै यात्रुसँग प्रतिकरणले त्यस्तो शुल्क उठाउने छ । आगामी साउनबाट लागू हुने त्यस्तो शुलक मूल्य अभिवृद्धि कर -भ्याट) सहित हुनेछ ।’
0 comments:
Post a Comment