२४ फागुन, काठमाडौ । इन्डिगो एयरलाइन्सको विमानमा आगलागी भएको छ । भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ए ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो ।

आगोले विमानको चक्का र इन्जिनको केही भागमा क्षति पुगेको बताइएको छ । विमानमा आगलागी भएपछि त्रिभुवन विमानस्थल कार्यालयको आकष्मिक बैठक बसिरहेको छ । बैठकपछि घटनाबारे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराउने बताइएको छ ।
शुक्रबार मात्रै काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि उडेको नेपाल वायु सेवा निगमको एकमात्र ट्वीनअटर विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकष्मिक अवतरण गराइएको थियो ।
विहान १० बजेर १० मिनेटमा उडेलगत्तै सो विमानको दायाा इन्जिनमा आगो लागेपछि तत्कालै आकष्कि अवतरण गराउन सकेकाले ठूलो क्षति हुन पाएको थिएन ।
0 comments:
Post a Comment