'हामी सवारी ज्यानअन्तर्गत अभियोग चलाउँदैछौं', महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख डीएसपी वीरेन्द्रबाबु शाहीले भने। यसअघि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले महतलाई ठक्कर दिने चालकमाथि कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका थिए।
सवारी ज्यान मुद्दामा बिमाअन्तर्गत पीडितलाई पाँच लाख बिगो भराउने र जानीजानी वा लापरबाहीले किचेर मारे जेलसजाय हुन्छ।







0 comments:
Post a Comment