Saturday, April 5, 2014

बलात्कार प्रयासको आरोपमा सैनिक पक्राउ


 

२२ चैत, खोटाङ । खोटाङकी एक सञ्चारकर्मीलाई बलात्कारको प्रयास गरेको आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन् ।
शुक्रबार साँझ दिक्तेलबाट मुढेस्थित घर जाने क्रममा जबरजङ्ग गण मुढे ब्यारेकका जवान उपेन्द्र बस्नेतले बलात्कारको प्रयास गरेको पीडित युवतीले आरोप लगाएकी छिन् । थामखोरे जङ्गलको बाटोमा बलात्कार प्रयास गरेको उनले बताइन् । उनी भन्छिन्-’म घर जाँदै थिएँ, एक्कासि बाटो छेकेर लछारेर बाटोदेखि सय मिटर तलसम्म झारेर बलात्कार प्रयास गर्‍यो, म फुत्किएर भाग्न सफल भएँ ।’
बस्नेतलाई शुक्रबार साँझै पक्राउ गरेर सेनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बस्नेतलाई बलात्कारको आरोपमा नभई लुटपाटमा संलग्न भएको भनेर सेनालाई बुझाइएको बताए । उनले भने-’सेनालाई कारबाही गर्न नमिल्ने भएकाले बुझाइएको हो, बलात्कार नभई लुटपाट गरिएको भन्ने खुलेकाले सेनालाई कारबाहीका लागि पत्रसहित बुझाइएको हो ।’
ब्यारेकका गणपति रामबहादुर थापाले भने सैनिक अनुशासन विपरीत लुटपाटमा संलग्न देखिएकाले सैनिक हिरासतमा राखेर अनुसन्धान बढाइएको बताए ।
बस्नेतलाई सेनाको जिम्मा लगाएपछि चौतर्फी विरोध सुरु भएको छ । यसबारे महिला अधिकारवादी, मानव अधिकारकर्मीलगायत आक्रोशित बनेका छन् । बलात्कार प्रयासलाई सामान्य लुटपाट भनेर अपराधीलाई उन्मुक्ति दिलाउन खोजिएको उनीहरुको आरोप छ

0 comments:

Post a Comment