Sunday, April 6, 2014

अब फेसबुकमै सेभ गर्नुहोस् मन लागेका सामाग्री

 

facebook save optionतपाईले फेसबुकमा कुनै समाचारको लिंक, तस्वीर, गीत लगायतका महत्वपूर्ण समाग्री भेटनुभयो लिंक सुरक्षित राख्नेबाहेक त्यसलाई सेभ गरेर राख्ने सजिलो उपाय छैन् ।
तर, अब फेसबुकले यो असजिलो पनि फुकाइदिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि यस्तो नयाँ फिचर ल्याउँदै छ जसका माध्यमबाट अब तपाईले हतपत भेटेका समाग्रीलाई सेभ गरेर पछि पढ्न वा हेर्न सक्नुहुन्छ ।
फेसबुकले परिक्षण गरिरहेको ‘सेभ’ फिचर केही प्रयोगकर्ताको न्यूज फिडमा देखिएको छ । जसअनुसार प्रयोगकर्ताले कुनै पनि लिंक सेयर गरे वा कमेन्ट तथा लाइक गरे त्यस्तो पोष्टमुनी सेभ अप्सन देखिने छ ।
सो आर्टीकल सेभ गरेपछि दायाँपट्टीको कोलममा गएर बस्ने छ । तपाईले सेभ गरेका आर्टीकलहरुको सूची त्यहाँ देख्न सक्नुहुनेछ ।
मोबाइल र डेस्कटप दुवै भर्सनमा यो अप्सन देखिएको छ । फेसबुकले चुपचाप परिक्षण गरिरहेको यो फिचर कहिलेदेखि सवै प्रयोगकर्तालाई उपलब्ध हुने छ भन्नेबारेमा केही बताइएको छैन् ।
facebook save option 1


 

0 comments:

Post a Comment