२० बैशाख, काठमाडौं । काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी गइरहेको काभ्रेको पचास किलोमा शनिबार दिउँसो २ बजे दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ३५ जना बढी यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३४ नम्बरको मिनिबस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचास किलोमा अनियन्त्रित भई सडकबाट झर्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये दुईजनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेहरूमा काभ्रेको बेखसिम्ले गाविस-७ की२१ वर्षीया स्वस्थानी केसी र सिन्धुपाल्चोकको सल्ले गाविस-८ की ११ वर्षीय बालिका रेजिना धामी रहेका छन् । अन्यको सनाखत हुन सकेको छैन ।
बस सडकबाट करिब १५ मिटर तल खोलामा झरेको थियो । दुर्घटनालगत्तै उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइसकेको काभ्रे प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment