
सुन्नी बिद्रोहीहरुसँग लड्न अमेरिकाले इराकलाई सैन्य सहयोग उपलब्ध गराउने बताएको छ
इराकका सुन्नी बिद्रोहीहरुले आफूहरुले उत्तरी बग्दादको बाइजीमा रहेको एउटा मुख्य तेल प्रशोधन केन्द्र पूर्ण रुपमा कब्जा गरेको बताएका छन्।
सो केन्द्र नियन्त्रणमा लिन उनीहरुले दश दिनदेखि गरिरहेको प्रयास सुरक्षा फौजले विफल पार्दै आएका थिए।
इराक पुगेका अमेरिकी विदेशमन्त्री जोन केरीले इराकलाई हरेक प्रकारको सहयोग गर्ने वचन दिएका छन्।
नियन्त्रण
सुन्नी विद्रोहीका एकजना प्रवक्ताका अनुसार उनीहरुले नियन्त्रणमा लिएको तेल प्रशोधन केन्द्रको व्यवस्थापनको जिम्मेवारी अव स्थानीय समुदायलाई सम्पिने छन्।
उनले राजधानी बग्दाद तर्फ अघि बढ्न आफूहरुले गरिरहेको आक्रमण जारी राख्ने पनि बताए।
इराकको सिरिया र जोर्डनसँगको सिमाना कब्जामा लिएका आईएसआईएस नेतृत्वका विद्रोहीहरुले इराकी शहर हदीथा नजिक एउटा महत्वपूर्ण बाँधमा कब्जा जमाउन संघर्ष गरिरहेका छन्।
देशको उत्तर र पश्चिमका शहरहरुमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका उनीहरुले देशको उत्तरी इलाकास्थिति रणनीतिक रुपले महत्वपूर्ण तल अफार विमानस्थलमा पनि नियन्त्रण जमाएका छन्।
आन्तरिक विग्रहमा फसेको इराकको राजधानी बग्दाद पुगेका अमेरीकी विदेशमन्त्री जन केरीले इराकी प्रधानमन्त्री नूरी अल मलिकी सहित कयौ प्रमुख शिया र सुन्नी नेताहरुसँग कुराकानी गरेका छन्।
"आफ्नो अस्तित्वको रक्षा गर्न लडिरहेको इराकका नेताहरुले यो संकटको सामना गर्न एकसाथ मिलेर काम गर्नु पर्छ"
जोन केरी, अमेरिकी विदेशमन्त्री
भेटपछि केरीले भने, “आफ्नो अस्तित्वको रक्षा गर्न लडिरहेको इराकका नेताहरुले यो संकटको सामना गर्न एकसाथ मिलेर काम गर्नु पर्छ। इराकको भविष्य आगामी केही दिनमा लिइने निर्णयमा निर्भर हुनेछ।”
सफल
प्रधानमन्त्री मलिकी र अन्य नेताहरु यो महिनाको अन्त्यसम्ममा एउटा समावेशी सरकार गठनको निम्ति प्रतिवद्ध रहेको केरीले बताए।
इराकका सरकारी प्रवक्ताले प्रधानमन्त्री मलिकी जारी संकट समाधान गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
उनले भने, “मलाइ विश्वास छ कि उहाँसँग एउटा प्रतिनिधिमूलक र प्रभावकारी सरकार बनाउने र अमेरिका जस्ता साझेदारहरुको समर्थन र दवावलाई उपयोग गर्दै इराकमा अहिले देखिएको सैन्य अवस्था सामान्य बनाउने सामर्थ्य छ।”
अमेरिकाले करिव तीन सय सैन्य सल्लाहकार इराकी फौजलाई पठाउने बताएको छ।
इराकी सेनाका एकजना प्रवक्ताले बीबीसीलाई जनाए अनुसार जुन ९ तारेखमा देशको दोश्रो ठूलो शहर मोसुलमा विद्रोहीले कब्जा जमाएपछि शुरु भएको हिंसक कारवाहीमा सैयौं सैनिक मारिएका छन्।
अमेरिकाले सन् २०११ मा आफ्ना सैन्य वललाई इराकबाट फिर्ता बोलाएको थियो।
0 comments:
Post a Comment