१३ जेठ, लखनपुर । महाभूकम्पले क्षतविक्षत भएको रामेछापको लखनपुरमा स्थानीय छायाँश्वरी विजनेश ग्रुपले गाविसका १३ सय घरधुरीलाई एकएक बोरा चामल, एकएक पाकेट नुन र यसअघि त्रिपाल नपुगेका २८९ घर परिवारलाई त्रिपाल वितरण गरेको छ । त्यसैगरी गुन्सीको वडा नं. ५ स्थित मिर्थलीमा बसोबास गर्ने पाँच घर पहरी जातिलाई पनि सोही बमोजिमको राहत वितरण गरिएको थियो ।
जेठ ५ गते लखनपुरको वडा नं. २ रिष्ठेमा विशेष कार्यक्रम आयोजना गरेर राहत वितरण गरिएको हो । संस्थाका अध्यक्ष चुडामणि गौतमको अध्यक्षता तथा सचिव सुजन गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका स्थानीय बयोबृद्ध भैरवबहादुर देवकोटाले राहत वितरणको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै स्थानीय युवा तथा समाजसेवी रत्नप्रसाद गौतमले आफूहरुले लखनपुरका भूकम्प पीडित जनताको पीडामा मलम लगाउन निकै प्रयत्न गरेको बताउनु भयो । उहाँले विपदको बेलामा सबै एकजुट भएर अघि बढ्नुपर्ने भन्दै राजनीतिभन्दा माथि उठेर गाउँको पुनर्निर्माणमा ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो । हामी अहिले सामान्य कुरामा विवाद गर्ने हो भने भोलि एकीकृत वस्ती विकास कार्यक्रम गाउँमा लागू गर्न कठिन हुने भन्दै त्यसका लागि सबैले एकतावद्ध भएर अगाडि बढ्न सके महाभूकम्पले क्षतविक्षत भएको लखनपुर गाविसको पुनर्निर्माण कठिन नहुने भन्दै यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमका अर्का वक्ता दीपेन्द्रकुमार कार्कीले आफू पनि कोदोको बुटोमै जन्मिएको र लखनपुरसँग आफू भावनात्मक रुपमा नजिक भएको भन्दै छायाँश्वरी ग्रुपसँग हातेमालो गर्दै राहत वितरणमा सहभागी बन्न पाउँदा खुशी लागेको बताउनु भयो ।
त्यसैगरी अर्का वक्ता गुन्सी गाविसका पूर्व अध्यक्ष लिलाबहादुर क्षेत्रीले छायाँश्वरी विजनेश गु्रपमा रहेका साथीहरुले निकै दुःख, कष्ट गरेर राहत वितरण गरेको भन्दै यो कार्य चानचुने मनले हुन नसक्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै एमाओवादी नेता अम्विकाप्रसाद गजुरेलले यो संस्थाले जुन ढंगले राहत वितरण गर्ने प्रयत्न ग¥यो यो गाउँको लागि निकै नै महत्वपूर्ण कार्य भएको बताउनु भयो । कार्यक्रममा कांग्रेसका मीनबहादुर श्रेष्ठ, नेकपा–माओवादी घ्याम्सो लामालगायतका वक्ताहरुले छायाँश्वरी विजनेश ग्रुपलाई धन्यवाद दिएका थिए ।
राहत वितरणमा छायाँश्वरी विजनेश ग्रुपका तीस जना समूहका सदस्यहरुमा रत्नप्रसाद गौतम सल्लाहकार, चुडामणि गौतम अध्यक्ष, सुजन गौतम सचिव, रत्नबहादुर गौतम कोषाध्यक्ष र सदस्यहरु जीतबहादुर देवकोटा, राजन कार्की, गणेश गौतम, मिनप्रसाद गौतम, कमलप्रसाद गौतम, लक्ष्मण गौतम, रत्नबहादुर देवकोटा, गुणराज देवकोटा, बसन्त देवकोटा, सुरेन्द्र गौतम, भीमसेन गौतम, इशान्त गौतम, इन्दिरा गौतम, शिवप्रसाद गौतम, कल्पना गौतम, दिपबहादुर कार्की, किरण कार्की, टंकप्रसाद गौतम, विनोद गौतम, लिलानाथ गौतम, यानप्रसाद गौतम, सुनिल गौतम, प्रकाश गौतम, शिवप्रसाद चौलागाई, आत्मालाल गौतम, रविन्द्र गौतमको सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी राहत वितरण कार्यक्रममा विशेष सहयोगी भूमिका निर्वाह गर्नेहरुमा ओमविक्रम लामा, भरतमणि सुवेदी, टिका गौतम, कोमल ढुंगेल, लिलानाथ ढुंगेल, भगवानसिंह लामा, गंगा लामा, बुद्धवीर लामा, अरुण चौलागाई, सन्तोष गौतम, बुलबहादुर नगरकोटी, माधव चौलागाई, हिमबहादुर गौतम, होमराज गौतम (सुकदेव) ठाकुर श्रेष्ठ, अम्बरबहादुर तामाङ, मनिष अधिकारी, नारायण गौतम, नेत्र गौतम, प्रदीप निरौला, हरि सापकोटा, दानबहादुर थापामगर, जमानसिंह तामाङ, निमा लामा, पेम्बा लामा, पाल्देन लामा, हरि सापकोटालगायत कयौं युवाहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।
जिल्ला सदरमुकाम मन्थलीबाट निकै टाढा रहेको र महाभूकम्पका कारण क्षतविक्षत भएको यस गाविसमा छायाँश्वरी विजनेश ग्रुपले राहत वितरण गरेसँगै गाउँमा खुशीयाली छाएको स्थानीयवासीहरुले रामेछाप बताएका छन् ।
0 comments:
Post a Comment