
**post by pongditaarvillage.com**
रामेछाप शैलुङ्ग। फागुन महीनाको चीसोको सम्झना सकी नसकिँदै राताम्य फुलेका लालीगुरँसले जो कोहीको मन लोभिएको छ । शैलुङ्गको नामले परिचित अरनिकोराजमार्क अन्तर्गत पर्ने कोशीपारी यतायत चल्ने शैलुङ्ग राजमर्क वरपरका जंगलमा फुलेका लालीगुराँसले शैलुङ्गको यात्रा गर्ने जोकोहीलाई पनि लोभ्याउनु स्वभाविक हो ।
लखनपुर गाबिस पोङ्दीटारको डाँडापाखादेखि गौश्वार गाबिसका डाँडाहरु अहिले बेहुली झैं राताम्य देखिन्छ बिभीन्न चराचुरुङ्दी लगयत कोइलीको बिरही भाका संगै स्थानीय बासीहरु पनि बिहानी पाख घास दाउरा गर्न जान्छन र कोइलीको भाका संगै आफुहरु पनि घासे गीतमा आफ्नो दु:खाका कुराहरु एक अर्कामा सुनउछन, पोङ्दीटारको शीर देखीनै यो आवाज सुन्दै शैलुङ्ग महादेव थानसम्मको यात्रा गर्न छुटै आनन्द महसुस हुन्छ । त्यसैले शैलुङ्गको दर्शन मा जाने भक्तजन यात्रुहरु कोइलीको सुरीलो धुनसंगै स्थनीय बासीको घासे गीत सुन्न तल्लीन हुदै लालीगुराँसका पारखीहरु शैलुङ्गको दर्शन गर्न जाद गाडी रोक्दै तस्वीर कैद गर्नमा व्यस्त देखिन्छन भने केहीले फर्कने बेलामा रुख चढेर लालीगुराँसका थुँगा कोसेली सोरुप लाने गरेका छन् ।
अचेल काठमाण्डौं देखी शैलुङ्गको दर्शन गर्न जाने भक्तजन यात्रुहरुले आफ्नो गन्तव्य यही कोशीपारी यतायात मार्फत यो शैलुङ्ग राजमार्कलाई बनाउने गरेको छन् । बिशेष गरी कुशी औशीबाटा पुष पूर्णीमाको पन्चमीसम्म चल्ने महादेवको दर्शन अहीले यतायातको सुविधाले गर्दा यो समयमा पनि दर्शनमा जाने गर्दछ प्रय गरि स्कुले बिध्यार्थी शनिबारको मौका परेर महादेब मा सरस्वतीको पुजाआजा गर्नलाई काठमाडौँबाटा सीदै बस रिजर्ब गरी जाने गरिन्छ। जसको कारण डाँडैभरि फुलेका लालीगुराँस र काफल, ऐसेलु, चुत्रो जस्ता फलफुल खाने अनि तिमल महभारतको अबलोकन गर्न शैलुङ्गको दर्शन गरेर फर्कने बेलामा पोङ्दीटारको हुदै रामेछाप र काभ्रेको सीमानाको रुपमा रहेको खोला चौरी खोलामा पौडी खेल्दै माछा मर्नेको आनन्द भने कहीले पनि भुल्न सकीदैना यो ठाउँमा जाने जो कोहीले पनि, यो ठाउँबाटा काठमाडौँको धराहरा पनि सजीलै देखीना सकीन्थ्यो पैला भने ९० सालको भुकम्बले धराहरा टुक्रीए पछी हाल धराहरालाई अबलोकन गर्न जुन पैलाको ठाउँ भन्दा अलि माथी डाडामा गएर मात्र हेर्न सकीन्छ । बिहान र बेलुका यो क्षेत्रमा बाताबरण चिसो रहिरहेकै कारण लालीगुराँस फुलेर धेरै दिनसम्म बस्न सकीन्छ । काठमाडौँबाटा जादा अरनिकोरजमार्क हुदै कोशीपारी यतायात मार्फत काभ्रेको दोलालघाट बाटा उकालो लाग्दै काभ्रेकै माझीफेद गाबिसको सलाम्भुको शीरमा पुग्ने बितीकै यो लालीगुराँस फुलेको अबलोकन गर्न सकीन्छ देख्न त गुम्पाटीको फेरोबाटा पनि सजिलै देख्न सकीन्छ तर पनि तस्बिरको लागी उपयुक्त भने सलाम्भुको शीरबाटा राम्रो देखीन्छ सलाम्भुको ओरालो झर्दै गर्द पारी भीत्तामा फुलेको लालीगुराँसको तस्बिर यसै ठाउँबाटा पनि क्यामरमा कैद गर्न शुरु गरिन्छ । सलाम्भुबाटा काफ्ले हुदै चौरी खोला तरेर उकालो लाग्दाको रौनाक भीन्नै पएइन्छ टार खेतका गराहरु र खेत मा फुलेको तोरीको फुल अनि गाउ, आलु, प्याजका हरीयाली र खेतक गराहरु सक्ने बितीकै आउने सुन्दर तामांग गाउ पोङ्दी र टार पनि यो बेला तामांगहरुको महान चाड लोछारले समयले गर्दा लुङ्दर दर्ज्युले नीकै सजीएको देख्न पाउछ ।
यो समयमा यतायत, लालीगुराँस र राम्रो बाताबरणकै कारण यो बाटो भएर शैलुङ्गको दर्शन गर्नेको संख्या बढेको स्थानीय बासीहरुले बताएका छन् । पैला पैला हाम्रो बेलामा कुशी औशीबाटा पुस पूर्णीमाको पन्चमीसम्म मात्र महादेवको दर्शन गर्थे अहीले बारै महीना जस्तो भक्तजन अउछन स्थानीय, बूढा पाखाको भनाइ छ ।
0 comments:
Post a Comment