- साउदी अरबमा नेपाली कामदार म्याथी आक्रमण
==========================
आज मार्च २८-२०१३ रियाद बथा स्थित नेपाली मार्केट अगाडि भयको घटनाले नेपाली कमदार हरुलाई थप त्रसिद बनायको छ साउदी अरबको सरकारले नेपालीहरु लगायत अन्य बिदेसी कामदारहरु लाई बिस्थापित गराउने हल्ला चलेको केही दिन पछी नै यो घटना हुनु अर्थपूर्ण रुपमा जोड्न सकिन्छ | आज बिहान करीब नौ बजे बाट नै नेपाली हरु छुट्टी मनाउन बथामा भेला हुन थालेका नेपालीहरु माथि नेपाली मार्केट अगाडि स्थानिय साउदी नागरिक हरु बाट आक्रमण भयका छन करीब १० देखि १०० जनाको ग्रुपमा घुमिरहने उनिहरुले नेपाली माथि आक्रमण गरेको हाम्रा नेपाली जनप्रगतिसिल मन्च साउदी अरबका कार्य समिती अध्यक्ष नरेन्द्र छन्त्यालले बताउनु भयको छ | गत शुक्रबार नेपाली हरुले २ जना साउदी नागरिक लाई आक्रमण गरेपछी यो परिस्थिती सिर्जना भयको हो रियादको नेपाली मार्केट अगाडि अबैध रुपमा नक्कली सिडी-डिभीडी, नेपालमा सन्चालित मोबएल रिचार्ज कार्डहरु नेपाली रायोसाग चना चट्पटे धेरै बर्ष अघी देखी नै नेपाली हरुले बिक्री बितरन गर्दै आयका छन | उक्त अबैध धन्दा गर्ने नेपाली हरु पर्या धेरै जसो भगौडा कामदार पनि सगलन रहेका छन | बर्सौ देखी चल्दै आयको यो अबैध कार्य रोक्न साउदी अरब का प्रहरी प्रसासन र मुतुवाले बेला बेला हटाउने प्रयास गर्दै आयको छ कुनै बेला ति ब्यापारि हरुलाई पक्राउ गरी १ हजार देखी १५ सय साउदी रियाल जरिवान भराइ छोड्ने गरेका पनि गरेका छन तर पनि यो अबैध कार्य रोकियको छैन फल स्वरुप आजको घटनाले भबिस्यमा पनि यो घटना निरन्तर दोहोरी रहने संकेत गरेको छ आजको आक्रमणमा परेका नेपालीहरु ब्यापारिहरु नभयर छुट्टी मनाउन बथा पुगेका निर्दोस नेपाली हरु भन्ने बुझियको छ आक्रमणमा नेपालीहरुलाई कुटपिट तथा लुटपाट गरियको छ | बिगतमा ब्यापार गर्ने जस्तो देखिने जो सुकैलाई पनि उनिहरुले आक्रमणको निसाना बनाउन थाले पछी नेपालीहरु उक्त स्थानबाट भागा भाग भयको थियो अघिल्लो दिनहरुमा पुलिस र मुतुवाले अबैध ब्यापार गर्ने हरुलाई हटाउने प्रयास गर्दै आय पनि पछील्लो समयमा त्यही सिको गर्दै स्थानिय साउदी नागरिक हरुले नेपाली हरुलाई कुटपिट लुट्पाट पनि गर्दै आइ रहेका छन यस घटना प्रती हाम्रो ध्यानाकर्सन भयको छ | भबिस्यमा हुन सक्ने सम्भाबित घटनालाई रोक्न सम्बन्धित निकायको बेलामै ध्यान जान जरुरी देखिन्छ |
नेपाली जनप्रगतिशील मञ्च साउदी !
0 comments:
Post a Comment