Friday, March 29, 2013

subba lama@

रामेछाप जिल्ला तामाङ जातिको बाहुल्य जनसंख्या भएको जिल्लाहो यस जिल्लाको क्षेत्र नं. २ का २६ वटा गाबिस मध्येको एक परिचित गाऊ हो लखनपुर गाबिसको वडा नं.९ म पर्ने "पोङ्दीटार नाम्सा" pongditaar village । यस गाउको अधिकांश भु-भाग तामाङ जातिहरुको बाक्लो बसोबासले भरिएको छ ।योञ्जन थरको बाहुलिएत रहेको यो गाऊ भौगोलिक सौन्दर्यले भरिपूर्ण भएको करिब राजधानीबाट १५० किलोमिटर पुर्वमा अरानिको राजमार्गले यस गाऊलाई छोएको छ भने सडक पुरै कच्ची रहेकोछ । तर गाऊलाई कच्ची सडकले छोए पनि सदरमुकाम मन्थलीसम्म भने अरनिको राजमार्ग पक्की सडकले जोडिएको छ । अब निकट भविष्यम काठमाडौँबाटा लखनपुरको "pongditaar village" पोङ्दीटार नाम्सा (गाऊ) हुदै सदरमुकाम मंथीलीलाई जोड्न बिभीन्न विकास परियोजना अनुसार ग्रामिण सडकले जोड्नको लागि ग्रामिण क्षेत्रमा सडक बिस्तार कार्यहरु भैरहेका छन् । साथमा शैक्षिक स्तर बढाउनको लागि उच्च माध्यमिक र क्याम्पसहरुको स्थापना पनि भैरहेको छ । रामेछाप भौगोलिक रुपले धेरै जिल्लासँग जोडिएको छ । सिन्धुली, ओखलढुङ्गा, दोलखा र काभ्रेसँग यो जिल्ला जोडिएको छ । रामेछापलाई २ क्षेत्रमा विभाजन गरिएको छ जसमा क्षेत्र नं. १ मा २९ वटा गा.वि.स. र क्षेत्र नं. २ मा २६ वटा गा.वि.स. हरु पर्दछन् ।

0 comments:

Post a Comment