सुब्बा लामा- (afghanisthan)
रामेछाप । सधै चुलो चौकोमै ब्यस्त हुने लखनपुर ९ रामेछाप पोङ्दीटार र गौश्वरा १ टेकसिङ बासीहरु आजभोली विहान सवेरै कोदालो वोकेर बिध्यलय बनाउन जान्छिन् । घरमा भ्याई नभ्याई काम छ, तर पनि सामाजिक कामतर्फ सपना जस्तै पोङ्दीटार र टेकसिङका धेरै महिलाहरु घरको काम छोडेर बिध्यलय भबन बनाउन अग्रसर भएका छन ।
महिला पूरुष मिलेर आफ्नो गाउँ आफै बनाउने जनसहभागितामुलक अभियान थालेपछि महिलाहरुको उत्साहजनक उपस्थिती देखिएको हो । बालक देखि बृद्ध सम्म महिला पुरुष बिध्यलय बनाउन हौसीएका छन । उनिहरुले लखनपुर गाविस वडा नम्वर ९ र गौश्वरा १ को पुडी घ्यांग डाडामा श्री अन्तरास्टिय युवा वर्ष उ.मा. बिध्यलयका भबन निर्माण मात्र गरेनन काभ्रेको माझीफेदा गाबिसको काफ्ले देखी पोङ्दीटार, टेकसिङ हुदै शैलुङ्गसम्मको मोटरबाटोलाई समेत हरेक वर्ष मर्मत गरेर मोटर संचालन गरेर स्थानिय निकायलाई समेत चुनौती दिएका छन ।
स्थानियको उत्साहजनक सक्रियतामा पहिले बिध्यलयलाई चउर् फराकीलो चौडा गरि बिध्यलय भबन निर्माण गरिएको श्री अन्तरास्टिय युवा वर्ष उ.मा.को प्रा अ कमल बिक्रम योंजन्ले बताए । चउर् फराकीलो र चौडा गर्नेक्रममा बिध्यलय छेउछाउका रुख काट्ने, खाल्डा खुल्डी पुर्ने लगाएत बिध्यलयको जग्गा अतिक्रमण गरी बनाईएका घर टहरा समेत विना अवरोध भत्काइएका छन । आफ्नो गाऊको विकास आफैवाट शुरु गरौ भन्ने नाराका साथ शुरु गरीएको बिध्यलय निर्माणमा तिन सय जना भन्दा बडीले जनश्रमदान गरेका छन ।
ब्यापक जनसहभागिता वाट निर्माण भएकोले गुणस्तरिय र प्रभावकारी छ । जनताको सहभागिता विना निर्माण गरिएका काम गुणस्तरिय नभएको हामीले पाएका छौ,’- श्री अन्तरास्टिय युवा वर्ष उ मा बि संचालक समीतिका अदक्ष भन्छन ।
बर्षोदेखि सरकारले बनाई देला भनेर मुख ताकेर बसेका स्थानियवासीहरु गाविसले बजेट विनियोजन नगर्दा स्वतस्फुर्त रुपमा बिध्यलय निर्माणमा जुटेका हुन । सरकारी वजेटवाट निर्माण गरिएका काम भन्दा राम्रो र अपनत्वको भावना भएको स्थानिय लखनपुर ९ का पूर्व वडा अदक्षले वताए । ‘सरकारी बजेट हिना मिना गरी गुणस्तरिय काम हुदैन’ उनले भने ‘उपभोक्ता स्वयम लागेपछि अपनत्वको भावना हुन्छ र काम राम्रो हुन्छ’ ।
सामाजिक कार्यमा अग्रसर हुने मात्र नभई हामीहरु सामाजिक जवाफदेहीताको प्रत्याभुति पनि खोजीरहेका छन । गाउमा हुने विकास निर्माण सम्वन्धी कार्यको निगरानी गर्ने देखि सार्वजनीक कार्यको हिसाव किताव पनि खोजिरहेका छन ।
हाम्रा नेताहरु वजेट आउदा मात्र लुछाचुडी गर्दछन । जनश्रमदान गर्न कोही आउदैनन । अव विकास रकमको एक एक हिसाव माग्छौ,’- स्थानीय क्लब "सांगे ल्हुंग युवा क्लबका" युबाहरु भन्छन् । वजेट सदुपयोग भएको छ की दुरुपयोग त्यसको निगरानी गर्ने दायित्व हाम्रो हो युबाहरुले भनिन् ।
आफ्नो गाउ आफै बनाउने अभियानका साथ पोङ्दीटार टेकसिङ लागीपरेका छन । उनिहरुले बिध्यलय भवन निर्माण संगै सरसफाई अभियानलाई पनि तिव्रता दिएका छन । बाटोमा गोरु भैसी बाध्ने तथा फोहर मैला फाल्नेलाई निश्चित जरीवाना लिने नियम पनि बनाउने स्थानिय महीला समूहले वताए । ‘बाटोमा गोरु भैसी बाध्नुका साथै मल मुत्र फालेर दुर्गन्ध फैलाएकोले नियम बनाउन आवश्यक छ ।’ उनले भने ‘नियम पालना नगरे जरीवाना लिनेछौ ।’
लखनपुरको पोङ्दीटार टेकसिङ मा मात्र होईन छीमेकी गाउ दर्गा, खापु, थापागाउ, डाडागाउ, डोब्ला मा पनि सडक निर्माण अभियानले गति लिन थालेको छ । स्थानिय आफै जागरुक हुने हो भने ‘आफ्नो गाऊको विकास आफैवाट शुरु गरा’ै भन्ने नाराले साच्चिकै सार्थकता पाउने देखिन्छ लखनपुरको पोङ्दीटार ।
0 comments:
Post a Comment