Tuesday, April 16, 2013

सुन्तल बेच्न गाउँलेले आफैं खने मोटरबाटो

सुन्तल लोड गर्दै ट्रकमा 

 १ बैशाख, रामेछाप रामेछापको गौश्वारा गाविस- लखनपुर गाबिस पोङदीटारका बासिन्दाले गाउँघरबाट रकम सङ्कलन गरेर कच्ची मोटरबाटो बाटो खनेका छन् गाउँमा प्रशस्त सुन्तला फल्ने भए पनि बोकेर बजारसम्म पुर्‍याउँदा लागत बढी लाग्ने तथा पहिलाको तुलनामा अहीले बोक्ने मानिस नहुँदा सुन्तला बेलैमा बजारसम्म पुर्यउन नपाउदा घरमै कुहिने भएकाले उनीहरुले आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन बि. . २०६५ सालमा काभ्रेको काफ्ले देखि लखनपुर गाबिसको डोडखानीसम्म गौश्वारा गाबिसको सानो शैलुङ्गसम्म आफैंले सडक खनेका हुन् बि..२०६५ बाटा सडक खन्न शुरु गरेता पनि मोटर संचालन भने बि..२०६७ को अन्तिम तिरमत्र संचालनमा आएको थियो ।सांगे ल्हुंग युवा क्लबका” सचिब भन्नुहुन्छ शैलुंगलाई परेटकिया क्षेत्र बनउन   सुन्तला बिक्री गर्न सडक चाहियो भनेर गाविस/जिविस राजनीतिक दललाई समेत भन्यौँ तर कसैले पनि हाम्रो कुरा नसुनेपछि गाउँबाट रकम सङ्कलन गरेर बाटो खनेका हौँ
उनीहरुले काभ्रेको माझीफेदा गाबिस वडा नं काफ्ले देखि रामेछाप गौश्वारा गाबिस वडा नं को सिमानामा पर्ने चौरी खोलाबाट टार, पोङदीटार,खापु,थापगाउ हुदै डोडखानीसम्म टार, टेकसिंग हुँदै सानो शैलुङ्गको महादेव थानसम्म बाटो खनेर बि..२०६७ को अन्तबाटा नै ट्रक तथा बस सञ्चालन गर्न थालेका छन् अहिले गाउँमै ट्रक,भ्यान ल्याएर बजारसम्म सुन्तला पुर्‍याउन पाउँदा उनीहरु खुसी भएका छन् हाम्रो गाउँमा प्रशस्त अन्य फलफूलहरु पनि फल्छ, पहिले दुइ () तिन () दिनसम्म डोकोमा बोकेर काभ्रेको दोलालघटसम्म ल्याउँथ्यौँ अब बसमा ल्याउन पाइने भयोपोङदीटार टेकसिंगका स्थानीय बासीले खुसी व्यक्त गर्नुभयो यो बाटोले यति मात्र नभई शैलुंग महादेवको दर्शनमा जाने भक्तजन छिमेकी गाउ खापु, थापगाउ डोब्लाका बासिन्दालाई पनि सुन्तला बजारसम्म पुर्याउन मद्धत पुर्यको
गाउँको "सांगे ल्हुंग युवा क्लब", एकता महिला समूह बन उपभोक्त समूहको लखनपुर गाबिसको पहलमा र जिबिसको रकम, अनि बाकी रकम भिबिन्न संगसस्थबाटा संकलन गरी मोटरबाटो खनिएको स्थानीय बासिन्दाले बताउनुभयो
सडक खन्नका लागि स्काभेटरलाई पैसा तिरिएको बाहेक अन्य काम गाउँलेले श्रमदानमा गरेका हुन् मोटर बाटो सञ्चालनमा आएपछि सो बाटो हुँदै विभिन्न सवारीसाधन लखनपुरको डोडखानी सम्म शैलुंग महादेव थानसम्म जान थालेका छन् subba@lama...

0 comments:

Post a Comment