२३ वैशाख,रमेछप । राष्ट्रिय फूल लालीगुराँसको संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन् । जिल्लाको लखन्पुर र गौश्वारा गाविसका बासिन्दाले नजिकको सामुदायिक वन र राष्ट्रिय वनमा रहेका गुराँसका बोटबिरुवा संरक्षण गर्न थालेका हुन् ।
वनक्षेत्रको नजिकमा पर्ने गौश्वारा १ र लखन्पुरका ९ न वडाले सर्वपक्षीय भेलाबाट गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका छन् । गाविसभित्र रहेका सबै सामुदायिक वन उपभोक्ता समितिले पनि वनक्षेत्रमा रहेको गुराँसको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।
गुराँसको बोट संरक्षण गर्ने, नयाँ बिरुवा रोप्ने र गुराँसको महत्वबारे जनचेतना बढाउने जस्ता कार्य अघि बढाइएको शैलुङ श्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले बताउनुभयो ।
निर्माणाधीन शैलुङ राजमार्गमा पर्ने गौश्वारा र लखन्पुर गाविस-९ को वनक्षेत्रमा यसअघि गुराँसका रूख विभिन्न बहानामा काटिने क्रम बढेपछि गुराँस जोगाउन यस्तो निर्णय गरिएको उपभोक्त समितिले बताउनुभयो । गुराँस बलियो काठ भएकोले फर्निचर तथा ठेकाठेकी बनाउन दाउराका रूपमा प्रयोग गरिने तथा अन्य जडीबुटीजन्य औषधि बनाउनका लागि पनि प्रयोग हुँदै आएको थियो ।
“गुराँस राष्ट्रिय फूल भएकोले यसको संरक्षण गर्नुपर्छ भनेर हामीले गुराँस काट्न नपाइने निर्णय गर्यौँ”- अध्यक्षले भन्नुभयो-”हाम्रो वनको सुन्दरता बढाउने काम पनि गुराँसले नै गरेको छ ।”
स्थानिय क्लब र बन उपभोक्त समितिले वनक्षेत्रमा रहेको गुराँसको नियमित अनुगमन गरिने र कसैले कुनै पनि बहानामा गुराँसको रूख बिरुवा काटे या मासेको पाइएमा कारबाही गरिने जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र शैलुङमा जाने राजमार्ग पनि लखन्पुर ९ को पोङ्दीटार र गौश्वार १ को टेक्सिङ् हुँदै निर्माण भएकाले स्थानीयहरूले गुराँसको संरक्षणमा चासो देखाएका हुन् । एस शैलुङ श्वरी बनमा दर्जनौँ थरीका गुराँस पाइन्छन् ।
शैलुङ क्षेत्रको केही भूभाग लखन्पुर गाविसमा पर्दछ । गाविसभित्र पर्ने सामुदायिक वन तथा राष्ट्रिय दुवैमा गुराँसको संरक्षणलाई विशेष ध्यान दिइने स्थानिय क्लब सङगे ल्हुङ युबहरुले बतउनुभयो । “राष्ट्रिय फूल जोगाउनु हाम्रो दायित्व सम्झेका छौँ”- युब क्लबका अध्यक्षले भन्नुभयो-”गुराँसको सुन्दरता हेर्न पर्यटकहरू पनि लोभिने गर्छन् त्यसैले यसको संरक्षण गर्नु अति आवश्यक छ ।” स्थानीयहरूले शैलुङ राजमार्गको छेउछाउमा गुराँसको बोट रोप्ने तयारी गरेका छन् ।
http:// pongditaarnamsa.blogspot.co m/

http://
0 comments:
Post a Comment