Thursday, February 27, 2014

एकै परिवारका तीन जना मृत फेला


१६ फागुन, भक्तपुर । भक्तपुरको ठिमीस्थित मगर गाउँमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । सर्लाही हरिवन घर भई अहिले भक्तपुर बस्दै आएका ३४ वर्षका श्याम महत, ३० वर्षकी सुनिता महत र उनीहरुकी छारी ४ वर्षकी नानु महत मृत अवस्थामा भेटिएको महानगरिय प्ररह पिरिसर भक्तपुरले जनाएको छ ।
श्याम कोठामा झुण्डिएको अवस्थामा र श्रीमती सुनिता र छोरी नानु सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मृतक परिवारलाई डिभी परेको र उनीहरु अमेरिका जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment