१४ फागुन, वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले सन् २०१४ पछि अफगानिस्तानबाट सम्पूर्ण अमेरिकी सेना फर्किने सम्भावना बढेको बताएका छन् ।
अफगान राष्ट्रपति हमिद कारजायी र अमेरिकी राष्ट्रपति बाराक ओमाबाबीच मङ्गलबार भएको टेलिफोन वार्तामा ओबामाले उक्त कुरा बताएको जनाइएको छ ।

सम्भौतामा हस्ताक्षर नभएपछि अमेरिकाले आˆनो सम्पूर्ण सेना फिर्ता लग्ने बताउादै आएको थियो । सोही अनुरुप ओबामाले सन् २०१४ अफगानिस्तानमा अमेरिकी सेना नरहने जानकारी दिएको बताइएको छ ।
आतङ्कवाद विरुद्ध लडाईलाई निरन्तरता दिने अफगानी सैन्यबललाई तालिमलगायत र हातहतियार समेत सहयोग गर्ने मस्यौदा उल्लेख भएको द्विपक्षीय सुरक्षा सम्झौतामा राष्ट्रपति कारजायीले हस्ताक्षर गरेका छैनन् ।
‘मैले पेन्टागनलाई अफगानिस्तानमा सन् २०१४ पछि कुनै पनि अमेरिकी सेना नरहने सुनिश्चित गर्न भनिसकेको छु’ ओबामाले बताएका छन् ।
अमेरिकी रक्षामन्त्री चक हेगेलले पनि मङ्गलबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा सन् २०१४ पछि कुनै पनि अमेरिकी सेना नरहने कार्य सुरु गर्ने बताएका छन् ।
0 comments:
Post a Comment