१४ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासद कृष्णबहादुर महराले संविधानसभा उपाध्यक्ष पदका लागि ओनसरी घर्ती सक्षम व्यक्ति भएको बताएका छन् ।
उपाध्यक्षको चुनावका लागि आयोजित संविधानसभा बैठकमा घार्तीको उम्मेद्वारी प्रस्ताव गर्नेक्रममा नेता महराले भने ‘ओनसरी उपाध्यक्ष पदमा समक्ष हुनुहुन्छ, म उहाँलाई धेरै पहिलेदेखि चिन्छु, उहाँले महिला आन्दोलनमा खेलेको भूमिका, गतिशीलता र क्रियाशीलताले गर्दा संविधान निर्माणको वातावरण बनाउन उहाँ एकदम सही उम्मेद्वार हो ।’
आफूहरुले संविधानसभामा सहमति होस् र संविधान बनोस् भन्ने चाहना राखेको भन्दै महराले ओनसरीलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गर्ने वातावरण बनाउनका लागि आफ्नो उम्मेद्वारी फिर्ता लिइदिन मजदुर किसान पार्टीसँग आग्रहसमेत गरेका छन् ।
संविधान बन्दैन कि भन्ने आशंका
एमाओवादी नेता महराले संविधानका अन्तरवस्तु अनुसार समयमा संविधान बन्दैन कि भन्ने आशंका आफूहरुसँग अहिले पन किायम रहेको महराले बताए । ‘हामीले देशमा विद्यमान जातीय भाषिक, एवं अग्रगामी परिवर्तन भनेका थियौं । बाह्रबुँदेमा नयाँ राजनीक धारको कुरा गरिएको थियो । त्यसमा गणतन्त्र र राज्यपुनसंरचनाको प्रश्न अन्तरनिहित छ, महराले संविधानसभामा भने- ‘संविधान बन्ने कुरामा प्रश्न र शंकाहहरु आए । विगतका भाव र मर्मलाई पकड्ने कुरामा शंका भयो । अन्तरवस्तुमा अल्मलिन्र्छौं कि भन्ने आशंका अहिले पनि छ ।’
आफ्नो दलले प्रतिपक्षमा बस्ने र प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्ने महराले बताए । तर, आफ्नो दलले संविधान निर्माणको प्रश्नलाई अहम महत्वको प्रश्न ठानेको जानकारी गराउँदै १ वर्षमा संविधान निर्माण गरी छाड्ने र त्यसका लागि संविधान बनाउने कुरामा एमाओवादीले सहयोग गर्ने उनले बताए ।
एमाओवादी नेता महराले १२ बुँदे सहमतिको यात्रा अझै टुटिसकेको छैन भन्दै अझै केही वर्ष सहमतीय प्रणालीका आधारमा अघि बढ्नुपर्ने बताए । उनले दलहरुवीच सहकार्यका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउनुपर्ने बताए ।
0 comments:
Post a Comment