११ फागुन, काठमाडौं । अफगानिस्तानको कुनार प्रान्तको एक चौकीमा तालिबानेल गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ ।
आक्रमण किस्तानको सीमा नजिकैको अन्दरुनी जिल्लाकेा गांजियाबादमा भएको हो । जसमा एक आक्रमणकारी पनि मारिएका छन् ।
तालिबानले सात सैनिकलाई बन्दध बनाउको बताएको छ । अफगान सरकारले भने ६ सैनिक वेपत्ता रहेको बताएको छ ।
आक्रमणपछि अफगानिस्तानका राष्ट्रपति हमिल कारजाईले श्रीलंका भ्रमण स्थगित गरेका छन् ।
यो आक्रमण पछिल्लो एक वर्षमा सेनामाथि तालिबानले गरेको सबैभन्दा घातक आक्रमण मध्ये एक भएको बताइएको छ ।
कुनारका गभर्नर शुजा-उज-मुुल्कले सेनामा तालिबानको घुसपैछपछि आक्रमण भएको हुन सक्ने बताए ।
0 comments:
Post a Comment