Wednesday, February 26, 2014

नेपालका लागि सहयोग जुटाउँदै स्पाइडर म्यान

   १४ फागुन, काठमाडौं । स्पाइडर म्यानले संकटमा परेका धेरैलाई बचाउँछन् । छटबाट खसिरहेका मासिलाई झ्याप्प समातेर सकुशल तल ओराल्छन् । संकटका यिनै साथी स्पाइडर म्यान अर्थात एन्ड्रयु गारफिल्ड अब नेपालीलाई पनि सघाउँदैछन् । हलिउडको चर्चित चलचित्र स्पाइडर म्यान शृंखलाका मुख्य अभिनेता एन्ड्रयु र अभिनेत्री एम्मा स्टोनले नेपालको वातावरण संरक्षणमा आर्थिक सहयोग संकलन अभियान घोषणा गरेका छन् ।
अर्थ आवरणको अवसर पारेर एन्ड्रयुले घोषणा गरेको यो अभियानबाट संकलित रकम पश्चिम नेपालको तराईमा बायो ग्यास उपलब्ध गराउन खर्च हुनेछ । एम्माले भने चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि भइरहेका विभिन्न तालिम तथा अन्य कार्यक्रममा भइरहेका विभिन्न तालिम तथा अन्य कार्यक्रममा सहयोग गर्ने घोषणा गरेकी छन् ।
बायो ग्यासले ग्रामीण समुदायका बालबालिका तथा महिलाको जीवनमा सकारात्म परिवर्तन ल्याउने अपेक्षा एन्ड्रयुको छ । ‘बायो ग्यास भयो भने बालबालिका दाउरा संकलन गर्न जानुको सट्टा विद्यालय जाने वातावरण बन्छ,’ एन्ड्रयुले भनेका छन् । तराई भूपरिधि कार्यक्रम सञ्चालन भइरहेको पश्चिम तराईका जिल्लाका बालबालिकाले आफूहरुलाई सहयोग गर्न आग्रह गर्दै सुपर हिरोलाई भिडियो सन्देशसमेत पठाएका थिए ।
अर्थ आवरणको सिंगापुरस्थित मुख्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै पृथ्वी बचाउने यो महाअभियान महत्वपूर्ण हुने अपेक्षा राखेको छ । यो जोडीले मंगलबारदेखि संसारभरिबाट आर्थिक सहयोग आह्वान गरेको छ । दुईमहिनासम्म एक करोड रुपैयाँ सहयोग संकलन

0 comments:

Post a Comment