१३ फागुन, कानो । नाइजेरियाको विद्रोही सशस्त्र संगठन बोको हरामका बन्दुधकारीले एक विद्यालयमा अन्धाधुन्ध विद्यार्थीहरुमाथि गोली हानी २९ जनाको हत्या गरेका छन् ।
पश्चिमी नाइजेरियाको दामातुरु राज्यको राजधानीबाट करिब ६० किलोमीटर पर रहेको एक सरकारी विद्यालयमा बन्दुककारीहरुले हमला गरेका थिए । विद्यार्थीहरु सुतिरहेको बेलामा बिहानीपख भएको आक्रमणमा मानिने सबै विद्यार्थी नै हुन वा अरुपनि छन् भन्ने बारेमा भने अनुसन्धान सुरु भएको छ । तर, प्रहरीले प्रायः विद्यार्थी नै भएको अनुमान गरेको छ ।
आक्रमणमा केही विद्यार्थी घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेकोले थप तथ्यहरु केही समयपछि बाहिर आउने नाइजेरियाका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।
0 comments:
Post a Comment