१४ फागुन, काठमाडौं । संविधानसभाको उपाध्यक्षमा एकीकृत माओवादीकी सभासद ओनसरी घर्ती निर्वाचित भएकी छिन् । बुधवार नयाँ बानेश्वरमा बसेको संविधानसभाको बैठकबाट घर्तीलाई बहुमतले संविधानसभाको उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । घर्तीले ४८४ मत पाइन् भने उनको विपक्षमा ५ मतमात्रै परेको थियो ।
एमाओवादीकी उम्मेदवार घर्तीको प्रस्तावकमा एमाओवादी नेता कृष्णवहादुर महरा थिए भने समर्थकहरुमा कांग्रेसका आनन्द ढुंगाना र एमालेका भीम आचार्य रहेका थिए । एमाओवादीकी उम्मेदवार घर्तीलाई कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपासहित फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा लगायत सवै मधेशी तथा साना दलले पनि समर्थन गरेका थिए ।
मंगलवार उपाध्यक्षका लागि एमाओवादीका तर्फवाट घर्ती दर्ता गरेको उम्मेदवारीलाई बुधवार बसेको संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । संविधानसभाको अर्को बैठक फागुन २० गते मंगलवार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
0 comments:
Post a Comment