Thursday, February 27, 2014

प्लाष्टिकको झोलामा १० केजी सुन

  • सुनसहित तीन पक्राऊ

Gold Smuggling
सिन्धुपाल्चोक, फाल्गुन १५ - खासाबाट काठमाडौं ल्याउदै गरेको १० केजी अवैध सुन प्रहरीले बरामद गरेको छ । बा ९ च ७२६८ नम्बरको बोलेरोको पछाडी प्लाष्टिकको झोलामा राखेर ल्याइदै गरेको सुन चेकिङको क्रममा बाह्रबिसे प्रहरीले बरामद गरेको हो ।
सुनसहित ४६ वरषीय चिनियाँ नागरिक सीजङ घ्याम्पुङ, ३१ वर्षीय तीब्बती नागरिक कर्माछिरिङ शेर्पा, सवारी चालक सिन्धुपाल्चोकका जीमी शेर्पा पक्राऊ परेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयश्वर रिमालले बताए ।
भारतले सुन आयातमा कडाई गरेपछि नेपालहुँदै भारत सुन तस्करी बढेको छ । व्यबसायीको भनाई अनुसार नेपालबाट भारतर्फ दैनिक एकसय किलो सुन तस्करी हुने गरेको  छ । नेपाल हुँदै भारत सुन तस्कर गर्दा किलोमै ६ लाख नाफा हुने भएकाले तस्करीहरु यसतर्फ आकषिर्त भएको व्यबसायीहरुको भनाई छ  ।
नेपाल ल्याइ पुर्‍याउँदा प्रतिकेजी ४५ लाख पर्ने सुनको लागत भारत पुर्‍याएपछि ५१ लाख रुपैयाँ हाताहात बिक्री हुने व्यबसायी बताउँछन् ।

0 comments:

Post a Comment