Thursday, February 27, 2014

महिलालाई कुटपिट गर्नेविरुद्ध प्रहरीले उजुरी लिन मानेन


१५ फागुन, ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालयले महिलालाई निर्घात कुटपीट गर्ने ‘डन’बिरुद्ध उजुरी दर्ता गर्ने अस्वीकार गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ-५ का ४० बषिर्य टिकामाया गुरुङमाथि कुटपिट गर्ने दीपक लिम्बुबिरुद्ध उजुरी लिन प्रहरीले अस्वीकार गरेको हो ।
राप्रापा नेपाल निकट लिम्बुले तीन सन्तानकी आमा गुरुङलाई गत फागुन ११ मा सुँगुर नपालीदिएको आरोपमा निर्घात कुटपिट गरेका थिए । टाउकोमा गम्भीर चोट लागेको उनको अहिले राजधानीको न्युँरो अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
पिडितका पक्षका अनुसार टिकामायाले गत ६ महिनादेखि लिम्बुको सुँगुर पालेकी थिइन् । ‘उनीहरुको परिवार हङकङमा बस्दै आएका छन्, मलाई सबै काम गर्न लगाएका थिए’ पिडित टिकामायाले भनिन्, ‘मैले सुँगुरको स्याहार गर्ने नसक्ने बताएपछि मलाई त्यही निहुँ बनाएर कुटपिट गरे ।’ उनको लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख मेघराज कँडेलले उजुरी दर्ता गर्न निमल्ने भन्दै मिल्न दबाब दिएको पिडितका आफन्ताहरुको गुनासो छ ।
पीडित टिकामायाको श्रीमान् कतारमा छन् । पिडितका आफन्तले ताप्लेजुङ प्रहरी प्रमुख कँडेललाई उजुरी दर्ता गरीदिन अनुरोध गर्दा मिल्न दबाब दिएका थिए । ‘आज फोन गर्दा पनि डिएसपी सापले छिमेकमा प्रहरी केस नगर्नु राम्रो’ पिडितका दाजु युबराज गुरुङले भने-’एउटा महिला गम्भीर अवस्थामा अस्पतालमा छ, तर प्रहरीले मिल्नु भन्छ ।’

0 comments:

Post a Comment