Sunday, March 2, 2014

सगरमाथा आरोहण गर्नेले ८ किलो फोहोर बोक्नुपर्ने


१९ फागुन, काठमाडौं । सर्वोच्च शिखर सगरमाथालाई फोहोररहित बनाउन सरकारले आधारशिविरभन्दा माथि जाने प्रत्येकले तल ओर्लदा आफूले गरेको न्यूनतम ८ किलो फोहोर फिर्ता ल्याउनै पर्ने सीमा तोकेको छ ।
यसअघि प्रत्येक आरोहण दलले संयुक्त रुपमा फोहोर आधारशिविर ओराल्ने गरे पनि अबदेखि प्रत्येक दलका प्रत्येक आरोहीका लागि यो सीमा तोकिएको हो । यसमा मान्छेले गर्ने फोहोर र कृत्रिम अक्सिजन सिलिन्डर गणना हुँदैन । ती फोहोर पनि फिर्ता भने ल्याउनुपर्छ ।
‘अबदेखि सगरमाथा आधारशिविरभन्दा माथि जाने जोसुकैले तल झर्दा कम्तीमा आठ किलो फोहोर ल्याउनैपर्छ,’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले भने, ‘यसपालि वसन्तु ऋतुबाट नयाँ नियम कार्यान्वयनमा आउँछ ।’ सगरमाथासहित अन्य हिमाल सरसफाइलाई सरकारले प्राथमिकतामा राख्दै यस्तो अभियान सुरु गरिएको उनले बताएको नागरिक दैनिकमा खबर छ ।
उनका अनुसार आधार शिविरभन्दा माथि जाने सबैले छुट्टाछुट्टै फारम भरेर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई बुझाउनुपर्ने हुन्छ । नष्ट हुने फोहोरलाई समितिले उतै नष्ट गर्छ भने नष्ट नहुनो फोहोरलाई समितिले काठमाडौं महानगरपालिकामा ल्याएर बुझाउनुपर्ने प्रावधान छ ।

0 comments:

Post a Comment