Thursday, March 6, 2014

अधिकारी दम्पत्तिलार्इ अनशन तोड्न गृहमन्त्रीको आग्रह


२२ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा जारी रहेको छ । बैठकमा गृहमन्त्री वामदेव गौतमले तीन महिनादेखि अनशनरत गोरखाका अधिकारी दम्पत्तिबारे संसदलाई जवाफ दिएका छन् ।
Bamdev Gautamगृहमन्त्री गौतमले कृष्णप्रसादको हत्यासम्बन्धी घटनाको सरकारले गम्भीरतापूर्वक अनुसन्धान जारी राखेको बताउँदै छोराका हत्यारालाई कारवाही माग गर्दै अनशनरत अधिकारी दम्पत्तिलाई अनशन तोड्न आग्रह गरेका छन् ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै गृहमन्त्री गौतमले वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिको उपचारको सबै व्यवस्था सरकारले गरेको बताए । ‘सरकारले गम्भीरतापूर्वक अनुसन्धान जारी राखेको छ, हत्यामा संलग्न भनिएकाहरुलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर छ ।’ गृहमन्त्री गौतमले भने ।
सशस्त्र द्वन्द्वका चितवनमा भएको कृष्णप्रसादको हत्यामा संलग्न भनिएका रुद्र आचार्यलाई पक्राउ गर्न इन्टरपोलबाट पक्राउ पूर्जी जारी गरिसकेको जानकारी गृहमन्त्री गौतमले सदनलाई जानकारी गराए । हाल बेलायमा रहेका आचार्यलाई अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा चाँडै कानुनी दायरामा ल्याउने गृहमन्त्री गौतमको भनाइ थियो ।

0 comments:

Post a Comment