Tuesday, March 11, 2014

पूर्व प्रधानमन्त्रीलाई कलेज पढाउने प्रस्ताव


२८ फागुन, काठमाडौं । एमाओवादी पार्टीभित्र पक्ष र विपक्षका रुपमा जस्तासुकै बहस गर्माएको किन नहोस्, पार्टी बाहिरचाहिँ एकजना नेताका लागि अवसरको धुइरो लागेको छ ।
Baburam-Bhattarai-1पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई त्रिभुवन विश्वविद्यालयले प्राध्यापनका लागि लिखित प्रस्ताव पठाएको छ । बुद्धनगरमा भर्खरै स्थापित अन्तर्राष्ट्रिय सम्बन्ध पढाइने कलेजका निम्ति समय दिन त्रिविले निम्तो दिएको हो । बाबुराम आफैंले त्रिविमा व्यवस्थापन हैन, विकास, योजना, राजनीति र अर्थशास्त्रमध्ये कुनै विषय पाएममा पढाउन तयार रहेको आशय व्यक्त गरेको स्रोतले जनाएको छ । मंगलबार उनले थापाथली हाइटमा रहेको सेन्टजेभियर कलेजका विद्यार्थीलाई ‘नेतृत्वको प्रश्नबारे’ प्रवचन दिए । त्यसअघि फागुन १५ मा सिफस्थित डिअर वाक इन्टिच्युट अफ टेक्नोलोजीमा पनि प्रवचन दिइसकेका छन् ।
उक्त इन्टिच्युट अमेरिकामा सफ्टवेयर कम्पनी चलाइरहेका रुद्र पाण्डेहरुको लगानीमा सञ्चालित छ । प्रधानमन्त्री पदबाट अवकास पाउनासाथ उनले ज्ञानलाई अपडेट नगर्दा थिग्रनेमा चिन्तित हुँदै त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. हिराबहादुर महर्जनसमक्ष प्राज्ञिक काममा संलग्न हुने रुची प्रकट गरेका थिए । यस्तो चलन विशेषतः पश्चिमा मुलुकमा रहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ ।
त्यहाँका अवकासप्रापत सरकार प्रमुख तथा प्रतिष्ठित सरकारी अधिकारीहरु विभिन्न शिक्षण संस्थामा भिजिटिङ प्रोफेसरका रुपमा प्रवचन दिने गर्छन् । यस्तो काममा संलग्न हुने नाममा उनीहरुले अंगालेको राजनीतिक वा अन्य पेशालाई त्याग्नु जरुरी मानिदैन । आर्किटेक्ट इन्जिनियरिङका अब्बल उत्पादन बाबुराम पनि राजनीतिक विचार र भूमिकाबारे व्यक्तिपिच्छेका फरक धारणा होलान्, तर उनको शैक्षिक विद्वेतामाथि आजसम्म कुनै प्रश्न उठेको छैन् ।

0 comments:

Post a Comment