Tuesday, March 11, 2014

अहिले १२ घन्टा लोडसेडिङ, ४ वर्षपछि ८ सय मेगावाट बिजुली खेर जाने


२८ फागुन, काठमाडौं । २०७४ सालपछि वर्षादको राति समयमा करिब ८ सय मेगावाट बिजुली खेर जाने प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणको छ ।
सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका मात्र भएकाले वर्षादको राति १० देखि विहान ६ बजे अवधिमा यो परिमाणको बिजुली खेर जाने र हिउँदमा लोडसेडिङ हुने उसको प्रक्षेपण छ । उर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई संस्थाको अवस्थाका बारेमा जानकारी गराउँदै उसले यस्तो बताएको हो । आगामी २०७४ पछि सुख्खायाम र वर्षादमा विद्युत उत्पादनमा असन्तुलन आउने बताएको छ । करिब ६ महिना बिजुली खेर जाने प्रक्षेपण विद्युत प्राधिकरणको छ । त्यसबेला विद्युत्को माग बढेर २ हजार मेगावाट हुनेछ ।
अबौं रुपैयाँको बिजुली खेर जाने भए पनि प्राधिकरणले बजारको खोजी गरेको छैन् । वर्षादमा आन्तरिक खपत भन्दा बढी उत्पादन हुने, निकासीका लागि भारतसँग विद्युत व्यापार सम्झौता नभएपछि यस्तो अवस्था आउन लागेको प्राधिकरणको भनाई छ । हालसम्म प्राधिकरणले २ हजार मेगावाट विद्युत खरिद सम्झौता गरिसकेको कारोबार दैनिकमा खबर छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४ सय ५६ मेगावाट) का साथै अन्य ठूला आयोजना सञ्चालनमा आएपछि विद्युत खेर जाने अवस्था रहेको प्राधिकरणले बताएको छ । प्राधिकरण र निजी लगानीकर्ताले ‘रन अफ दि रिभर’ प्रकृतिका आयोजनामात्र निर्माण गरिरहेका छन् ।

0 comments:

Post a Comment