११ चैत, काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको गलत ऋणको कागजात बनाएको भन्दै नयाँ दिल्ली स्थित अस्ट्रेलियाली दूतावासले करिब २ हजार नेपाली विद्यार्थीको प्रवेशाज्ञा आवेदन प्रक्रिया स्थगित गरेको छ ।

नेपालमा रहेका बैंकले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अस्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्ध गर्ने तयारी गरेको खबर छ । दूतावासको तथ्यांकअनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अध्ययन भइरहेको छ ।
नेपालबाट अस्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचो लागेसँगै बैंकले समेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतले बताएको छ।
बैंकको विषयमा शंका बढेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो । दूतावासले नविल, एसबीआईलगायत बैंकबाट मात्र कागजात तयार गर्न आग्रह गरेको छ । सबै विद्यार्थीको भिसा रद्ध भयो भने करिब २० करोड रुपैयाँ जोखिममा पर्ने भएको छ ।
0 comments:
Post a Comment