Tuesday, March 4, 2014

अदालत परिसरमै अनुहारमा मसी छ्यापियो



sahara-group
नयाँदिल्ली । सहारा ग्रुपका प्रमुख सुब्रत रोयलाई लिएर चलिरहेको नाटकीय घटनाक्रम मंगलबार पनि जारी रहृयो । मंगलबार उनलाई सुपि्रम कोर्टमा पेश गरिएको छ ।
उनलाई अस्पताल परिसरमै एक व्यक्तिले अनुहारमा कालो मसी छ्यापेका छन् । अदालतमा पेश भएका उनले बिना शर्तमाफी मागे र पछिल्लो सुनुवाईमाउपस्थित हुन नपाउनुको कारण जायज भएको जिकिर गरे ।
सबै लगानीकर्ताको पैसा फिर्ता दिने भन्दै उनले समय मागेका छन् । उनका वकिलले दुई महिना समय चाहिने बताए । सुब्रतले अदालतमा भनेका छन्-मलाई तपाईमाथि पूरा भरोसा छ । यदि मैले आदेश पालना गरिन भने दण्डित गर्नुस् ।’ उनले अघि थपे-म हात जोडेर प्रार्थना गर्छु, मलाई बताउनुस् ।’
अदालतले भने यसबारे गम्भीर भएको भए यो अवस्था नआउने भन्दै सहाराका लगानी कर्ताको सबै पैसा आरबीआईसमक्ष जम्मा गर्न भनेको छ ।

0 comments:

Post a Comment