२० फागुन, राजविराज । सामन्यता कारागारभित्र मोवाइल फोन चलाउनु कानुन विपरित हुन्छ । सरकारले कारागारभित्र मोवाइल फोन चलाउन प्रतिबन्ध पनि लाएको छ । तर सप्तरीको राजविराजस्थित कारागारका केही कैदी बन्दीले मोबाइल फोन चलाउन छुट पाएका छन् ।

कारागारका दुईजना कैदीहरु चन्दु मुखिया र शिवु मुखियाले नम्बरको एनसेलको नम्बर प्रयोग गरिएको मोबाइल फोन प्रयोग गरिरहेको स्रोतले जनाएको छ ।
कारागारकै जिम्मेवार अधिकारीको मिलेमतोमा प्रयोग गर्न दिइएको नम्बरकै कारण कैदीबीच झगडा हुने अवस्था आएको स्रोतको दाबी छ । कारागारका कार्यालय सहायक श्याम यादव बस्ने कोठाको ढोकाबाट नसालु पदार्थ र मदिराजन्य पदार्थ कारागारभित्र पठाइने गरिएको पनि स्रोतको दाबी छ ।
कार्यालय सहायक यादव बस्ने कोठाको एउटा ढोका बाहिरतिर खुल्ने भएकाले सोही ढोकाबाट मदिरा तथा अन्य नसालु पदार्थ कारागार भित्रिने गरेको छ । कैदीबन्दीबाट कारागारका निमित्त जेलर भागवत यादव र कार्यालय सहयोगी श्याम यादवले उनीहरुलाई मोबाइल प्रयोग गर्न दिइरहेको स्रोतको दाबी छ ।
नाताका मान्छेलाई कारागारका नाइके चौकीदार बनाई दुई लाख रुपैयाँदेखि पाँच लाख रुयैयाँसम्म असुल्ने गरेको बताइएको छ । रकम दिने कैदीबन्दीलाई मोबाइल सेवा उपलब्ध गराउने र नदिनेलाई सेवा नदिने गरिएको स्रोतको कथन छ । कारागारमा रहेका कैदीबन्दीलाई नाइकेले जेलरको नाममा रकम असुल्ने गरेका छन् ।
कारागारभित्रको ज्यादतीबारे आवाज उठाएपछि यादवको इसारामा धम्की दिने र कुटपिट गर्ने गरेको कारागार स्रोतको कथन छ । ‘मेरो माथिसम्म पहुँच छ, तिमीहरुले जति आवाज उठाए पनि केही हुनेवाला छैन’ निमित्त जेलर यादवले कैदीलाई भन्ने गर्छन्, ‘तिमीहरुबाट उठाइने रकम सिडियो र एसपीलाई पनि बुझाउनुपर्छ ।’
यता निमित्त जेलर यादवले आफूले रकम असुल्ने नगरेको दाबी गरेका छन् । ‘हामी कसैसँग रकम असुल्ने गरेका छैनौं’, यादवल भने, ‘कसैले रकम असुल्ने गरेको छ भने त्यसबारेमा कैदीबन्दीले पनि भन्दैनन् ।’
‘कारागारभित्र सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मीले जेलभित्र के जान्छ भन्ने कुरा हेर्ने हो’ निमित्त जेलर यादवले भने ‘त्यो हेर्ने जिम्मा सुरक्षाकर्मीको हो ।
0 comments:
Post a Comment