Tuesday, March 4, 2014

चीनमा शिशु बेच्ने पक्राउ


बेइजिङ (एएफपी), फाल्गुन १७ - चीनमा यस महिना शिशु बेचबिखन गरेको आरोपमा हजारभन्दा बढी पक्राउ परेका छन् । प्रहरीको देशव्यापी कारबाहीमा करिब ३ सय ८२ शिशु उद्धार गरिएको छ । चीनमा फेब्रुअरी १९ देखिको कारबाहीमा शिशु बेचबिखन अपराधमा संलग्न रहेका चार समूहका करिब १ हजार ९४ शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बेइजिङ न्युज दैनिकले समाचार दिएको छ ।
चीनमा भूमिगत रूपमा बाल बेचबिखनको उद्योग फस्टाएको छ । त्यहाँ वर्षेनि दसौं हजार बालबालिका चोरी हुन्छ । चीनमा एक शिशुको नीति तथा परम्परागत छोराको प्राथमिकताका कारण पनि यस्तो अपराध हुने गर्छ । त्यहाँ धर्मपुत्र-पुत्रीको विषयमा सहयोग गर्ने अनेकौं वेभसाइटमा अनुसन्धान गर्दा प्रहरी सतर्क
भएको हो । उनीहरूले त्यस्ता वेभसाइटमार्फत बालबालिका बेचबिखन हुने देखेको जानकारी दिएको छ ।
गत महिना चीनमा नवजात शिशु चोरेर बेच्ने एक चिकित्सकलाई 'स्थगित (सस्पेन्डेड)' मृत्युदण्ड दिइएको थियो । सामान्य यस्ता मृत्युदण्ड आजीवन काराबासमा परिणत हुन्छन् ।

0 comments:

Post a Comment