७ चैत, काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक प्रख्यात होटेलमा बिहीबार राति तालिवान आतङ्ककारीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ ।
काबुलस्थित सुविधा सम्पन्न सेरेना होटेल आक्रमणमा ज्यान गुमाउनेहरुमा महिला बालबालिका र विदेशी समेत रहेका गृह मन्त्रालयका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।
सुरु प्राप्त समाचार अनुसार यस आक्रमणमा ६ व्यक्ति घाइते भएका छन् । आक्रमणमा पााच अफगान नागरिक र चार विदेशी नागरिकाको मृत्यु भएको जनाइएको छ ।
यस आक्रमणबाट ज्यान गुमाउने अफगान नागरिकमा दुई महिला, दुई बालबालिका र एक पुरुष रहेका बताइएको छ । त्यसै गरी विदेशी नागरिकमा दुई महिला र दुई पुरुष रहेका जनाइएको छ ।
सो आक्रमणकमा मारिएका विदेशी नागरिकको भने राष्ट्रियता नखुलेको जनाइएको छ । स्थानीय समयाअनु्सार बिहीबार राति ९ बजे खाना खानको लागि सेेरेना होटेलको रेस्टुराामा आएका सो होटलका पाहुनाहरुलाई गोलीप्रहार गरिएको समाचारमा जनाइएको छ ।
यस वर्ष काबुलस्थित विदेश्ाीलाई पनि लक्ष्यगरी होटेलमा गरिएको यो दोस्रो आक्रमण भएको समाचारमा जनाइएको छ । गत जनवरी १७ मा काबुलस्थित लेबनानी रेस्टुराामा भएको आत्मघाती आक्रमणमा १३ जना विदेशीसहित २१ व्यक्तिको मृत्यु भएको थियो ।
अफगानिस्तानमा आगामी अपि्रल ५ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन विथोल्नका लागि विभिन्न आक्रमणहरू हुने गरेका छन् । सन् २००९ मा पनि अफगानिस्तानमा भएको निर्वाचन मतदानका दिनमा जारी हिंसामा परी ३१ सर्वसाधारण, २६ सैनिक र प्रहरीको ज्यान गएको थियो ।
त्यसैगरी गत मङ्गलबार पनि फर्याब प्रान्तमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी बिहीबार अफगानिस्तानको पूर्वी सहर जलालावादको प्रवेशद्वारम रहेको प्रहरीचौकीमा भएको आक्रमणमा १० प्रहरीसहित १८ व्यक्तिको मृत्यु भएको थियो ।
0 comments:
Post a Comment