Monday, March 3, 2014

पाकिस्तानमा अदालतमा आक्रमण, ११ को मृत्यु


१९ फागुन, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा अदालतमा आक्रमण भएको छ । आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री नवाज शरीफका प्रवक्ताले बताए अनुसार आक्रमण डिस्टि्रक कोर्टमा भएको थियो । घटना स्थललाई सिलगरिएको छ र स्थानीय स्कुल खाली गरिएको छ ।
इस्लामाबादको सेक्टर एफ-८ स्थित कार्यालयमा सेशन जज अवान घाइते भएका थिए । उनको पनि मृत्यु भएको छ । उक्त क्षेत्रमा अहिले पनि फायरिङ भइरहेको छ । विशेष बल र रेन्जर्स टोली घटनास्थल पुगेको छ ।

0 comments:

Post a Comment