Monday, March 3, 2014

सिंहदरबार छिर्ने प्रयास गर्दै भारतीय ‘भगवती बाबा’


डीएसपी दीपक खरेलसँग भेटाइदिन आग्रह


Bjagawati Baba
१९ फागुन, काठमाडौं । सिंहदरबारको दक्षिणी गेट सर्वसाधारण नागरिकका लागि मुख्य प्रवेशद्वार मानिन्छ । उक्तद्वारमा सोमबार दिउँसो तातो घाममा अर्धनग्न शरीर लिएर एकजना भारतीय बाबाजी घण्टौंसम्म उभिए । उनी सिंहदरबारभित्र जान खोजिरहेका थिए, प्रहरीहरु उनलाई रोकिरहेका थिए ।
कसलाई भेट्न खोज्नुभयो बाबाजी ? अनलाइनखबरको प्रश्नमा उनले हिन्दीभाषामा भने डीएसपी दीपक खरेललाई भेट्न खोजेको तातो घाममा उभिएको घन्टौं भइसक्यो, प्रहरीले मलाई भित्र जानै दिएनन् ।’
डीएसपी खरेललाई किन भेट्ने ? अर्को प्रश्नमा बाबाजीले जवाफ दिए- ‘म खासमा मन्त्री वीपी लोहनीलाई भेट्न चाहन्छु ।’ वीपी लोहनी ? उनी नेपालका मन्त्री हुन् कि भारतका ? बाबाजीको जवाफ आयो, ‘नेपालका मन्त्री वीपी लोहनी, भगवतीप्रसाद लोहनी ।’
तर, यो नाम गरेका कुनै मान्छे नेपालमा मन्त्री छैनन्, उहिले प्रकाशचन्द्र लोहनीचाँहि मन्त्री थिए भन्ने पत्रकारको स्पष्टीकरणपछि बाबाजीले प्रकाशचन्द्र लोहनीसँगै भेटाइदिन आग्रह गरे ।
लोहनी अहिले कुनै मन्त्री छैनन् भनेपछि उनले आफूले भगवतीप्रसाद लोहनी नामका सरकारी अधिकारीलाई भेट्न चाहेको र उनी आफ्नो चेलो भएको बताए । भारतमा आफ्नो ठूलो आश्रम रहेको र त्यहाँ ठूला ठूला नेताहरु आउने गरेको भन्दै उनले आफू तातो धूपमा डेढघण्टासम्म सिंहदरबार बाहिर उभिँदा पनि प्रहरीले वास्ता नगरेको गुनासो गरे । सेतो धोती, सेतै चन्दन लगाएका अर्धनग्न बाबाजीले आफ्नो नाम ‘भगवती बाबा’ बताए । बाबाजीका हातमा मोबाइल र भारतीय परिचयपत्र थियो ।
Shinghadarbar South Gateप्रहरीले भने उनले सिंहदरबारभित्रबाट कसैको सिफारिस ल्याउन नसकेकाले नियमअनुसार उनलाई प्रवेश अनुमति दिन नसकिएको बतायो । तर, प्रहरीले भित्र जान दिन नसकिने बताए पनि उनी घण्टौंसम्म घाममा उभिइरहेका थिए । उनले देखाएको भारतीय परिचयपत्र हेरेपछि एक प्रहरीले भने, पाँच मिनेट पर्खनोस् । तर, बाबाजीले भने, केको पाँचमिनेट ? डेढ घण्टाभन्दा बढी भैसक्यो म उभिएको । उनीमाथि चासो राख्ने पत्रकारलाई एकछिन रोकेर भगवती बाबाले भने- ‘प्रहरीलाई भित्र पठाएदिन दबाब दिनोस् न, म पनि भारतमा पत्रकार थिएँ, अहिले रिटायर्ड भएको छु ।’
यसैवीच सरकारले पूर्णता पाएसँगै आफ्नो कामका लागि सिंहदरबार छिर्ने सर्वसाधारणको संख्या बढ्न थालेको छ । सरकारकारी कामका लागिमात्रै नभई नेतालाई भेट्न अनि विभिन्न प्रकारका सहयोग माग्नसमेत सिंहदरबारमा मानिसहरुको भीड लाग्ने गरेको छ । तर, भारतीय जोगी भने मन्त्री नै नभएका व्यक्तिको नाम लिँदै सिंहदरबार बाहिर घण्टौं उभिनुको भित्री कारण भने प्रहरीले नै पत्तो पाउन सकेन ।

0 comments:

Post a Comment