Sunday, March 30, 2014

मञ्जु महतको परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन

 

आफन्तले शव बुझ्न मानेनन्

Manju Mahat samarthak (8)
१६ चैत, काठकाडौं । सवारी दुर्घटनामा ज्यान गुमाएकी लोक तथा गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै कलाकार तथा समर्थकहरुले प्रदर्शन गरेका छन् । आफन्तले अझैसम्म शव बुझेका छैनन् ।
लैनचौर गल्फुपाखामा क्षेत्रमा प्रदर्शन गरेका हुन् । उचित क्षतिपूर्ति नपाएसम्म आन्दोलन नरोकिने उनीहरुले बताएका छन् । संगीतकर्मीहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेका आन्दोलनकारीलाई केहीबेर अघि छोडिएको छ ।
Manju Mahat samarthak (2)
कलाकारहरुले उपप्रधानमन्त्री गृहमन्त्री वामदेव गौतमसँग भेट गरेको छ । भेटमा गौतमले सक्दो प्रयत्न गर्ने बताएको गायक हेमन्त शर्माले जनाए ।
मञ्जुका २ छोराछोरीको लालनपोषणको उचित व्यवस्था गर्नु पर्ने र दोषीलाई कारवाही गर्नु पर्ने उनीहरुको माग छ । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको थियो । कास्कीको भरतपोखरी घर भएकी २९ वर्षीया मन्जुको १८ महिने छोरा र एक छोरी छन् ।
Manju Mahat samarthak (4) Manju Mahat samarthak (6) Manju Mahat samarthak (9)

0 comments:

Post a Comment