समितिको संयोजकमा सर्वोच्चका पूर्वरजिष्ट्रार
२१ फागुन, काठमाडौं । प्रेस काउन्सिल नेपालले दिलशोभा श्रेष्ठका विषयमा नागरिक दैनिकमा छापिएको समाचारबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्वरजिष्ट्रारको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
बुधबार आयोजित काउन्सिलको बैठकले पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेनाको अध्यक्षतामा छानविन समिति गठन गरेको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनखबरलाई जानकारी दिए । समितिका सदस्यमा आरआर क्याम्पसका आम सञ्चार विषयका प्राध्यापक प्रवलराज पोखरेल र प्रेस इन्स्िटच्युट अध्यक्ष शोभा गौतम रहेका छन् ।
काउन्सिलमा कसैको उजुरी नपरे पनि दिलशोभा प्रकरणबारे काउन्सिलको ध्यानाकर्षण भएकाले स्वअनुसन्धानका लागि छानविन समिति गठन गरिएको कार्कीले बताए । साथै बैठकले दिलशोभाको सामाचार लेख्ने नागरिक दैनिकका पत्रकारमाथि अज्ञात समूहबाट आएको ज्यान मार्ने धम्कीको निन्दा गरेको छ ।
काउन्सिलले दिलशोभा प्रकरणलाई चर्काउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै यसबारे समाचार दिँदा संयमता अपनाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
0 comments:
Post a Comment