Thursday, March 6, 2014

स्वदेशी वस्तुको प्रयोग गरौं : राष्ट्रपति यादव


Rambaran Openning International Meal२२ फागुन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले स्वदेशमै उत्पादित बस्तुको प्रयोग गर्न बानी बसाल्नुपर्ने बताएका छन् । राजधानीमा विहीबारबाट शुरु तेस्रो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरामा जोड दिएका हुन् ।
नेपाल सरकार र उद्येाग बाणिज्य महासंघको आयोजनामा भएको मेला उद्घाटन गर्दै राष्ट्रपति यादवले यस्तो मेलाले स्वदेशी बस्तुको प्रचार प्रसार गरी निर्यात प्रवद्दन गर्न सघाउनुका साथै विदेशी प्रविधि भित्र्याउन मद्दत गर्ने बताए । ‘सबैभन्दा पहिले स्वदेशी बस्तुको स्वदेशमै गर्ने बानी बसाल्नुपर्छ’ राष्ट्रपति यादवले भने ।
भृकुटीमण्डपमा शुरू मेलामा निर्यातयोग्य भनी सरकारले पहिचान गरेका १९ वटा बस्तु तथा सेवाहरुको प्रवर्द्दन गर्न मेला आयोजना गरिएको हो ।
फागुन २६ गतेसम्म चल्ने मेलामा नेपाल बंगलादेश, चीन, भारत थाइल्याण्ड लगायतका देशको स्टल राखिएको छ । मेलाले स्थानीय बस्तुको प्रवर्द्दन गरी विदेशी बजार खोज्न मद्दत गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले बताए ।

0 comments:

Post a Comment