२७ फागुन, काठमाडौं । भारतको छत्तिसगढमा माओवादी आक्रमणमा अर्धसैनिक बल सीआरपीएफका १६ जवानको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् ।
अतिरिक्त पुलिस महानिर्देशक मुकेश गुप्ताका अनुसार आक्रमण तोङ्गपाल नजिकै दरभा घाटीमा भएको हो । सडक निर्माणको कामको सुरक्षाका लागि जगदलुरि सुकमा रोडमा गस्ती गरिरहेको आक्रमण भएको बीबीसीले जनाएको छ ।
दरभा घाटी त्यही इलाका हो, जहाँ गत मे २५ मा भएको कांग्रेसको परिर्वतन यात्रामा माओवादी आक्रमणमा कांग्रेस नेता विद्याचरण शुक्ला, महेन्द्र कर्मा, प्रदेश अध्यक्ष नन्दकुमार पटेलसहित ३१ जनाको मृत्यु भएको थियो ।
0 comments:
Post a Comment