Sunday, March 2, 2014

किन असहयोग गरियो जिल्ला घेदुङले ?

गणेश बज्र लामा
  हामि तामाङ हरुको महानचाड सोनाम ल्होसार हो र यसलाई व्यापक प्रचारप्रसारमा ल्याउनु पर्छ भन्ने उदेश्यका साथ् पोखराको बैदाम क्षेत्रमा रहेका तामाङहरुले त्यो क्षेत्रमा तामाङ गुम्बाको आवस्यकता महसुस् गरेर  बैदाम तामाङ समाजले गुम्बा निर्माण सहयोगार्थ “ल्होसार म्युजिक फेस्टिवल २०१४” को आयोजना सफलतापूर्वक सम्पन्न गरियो । तर तामाङहरुको पहिचान हित अधिकार र भाषाको निम्ति बोल्ने तामाङको एक मात्र छाता संगठन "नेपाल तामाङ घेदुङ" जस अन्तर्गत नेपाल तामाङ घेदुङ लेकसाइड इकाई पनि छ, इकाई अन्तर्गत रहेका तामाङहरुले त्यस  क्षेत्रमा तामाङ समाज घर " गुम्बा " निर्माणको निम्ति आवश्यक रकम जुटाउनको निम्ति सोनाम ल्होसार म्यूजिक फेस्टिबल २०१४ गर्ने निर्णय गरेर कास्की जिल्ला घेदुङ र प्रत्येक इकाईमा चिठी पठाएको अवस्था थियो , तर जिल्ला घेदुङले बैदाम तामाङले आयोजना गरेको ल्होसार म्यूजिक फेस्टिबलको निम्ति सहयोग नगर्ने निर्णय गरि बैदाम तामाङलाइ चिठी पठाएको छ । त्यो चिठी बैदाम तामाङसंग सुरक्षित छ । यो निर्णय प्रति जिल्ला घेदुङसंग बैदाम तामाङ आपत्ति प्रकट गर्दछ ।
* किन असहयोग गरियो जिल्ला घेदुङले ?
* तामाङहरुको निम्ति सहयोग गर्ने सस्थाले यस्तो गर्न मिल्छ ?
यसको छानबिन हुन जरुरी देखिन्छ

0 comments:

Post a Comment