काभ्रे, फाल्गुन २० - जबरजस्ती करणी मुद्दामा अदालतले सजाय तोकेको २९ बर्षपछि प्रहरीले एकलाई पक्राऊ गरी जेल पठाएको छ । एक महिलालाई जबरजस्ती गरेको आरोपमा ललितपुर जिल्ला अदालतले २०४१ असार ३० गते २ बर्ष ६ महिना २ दिन कैद सजाय तोकेको कुशादेबी ६ का कृष्ण बहादुर थापालाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राऊ गरी जेल चलान गरेको हो ।
'अदालतले दोषी करार गरि सजाय तोकेपछि थापा फरार भएका थिए', ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक अच्यूत चापागाइर्ंले भने, 'फरार रहेका अपराधीहरु खोज्ने अभियानकै क्रममा उनलाई पक्राऊ गरी अदालतको फैसला कार्यान्वयन गर्न जेल पठाएका छौ ।'
0 comments:
Post a Comment