Monday, March 3, 2014

कंगोमा छ नेपाली सेना घाइते


  • अज्ञात समूहद्वारा ग्रिनेड प्रहार



nepali-sena1_20130715064935
काठमाडौ, फाल्गुन २० - कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले ग्रिनेड आक्रमण गर्दा छ सैनिक घाइते भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार सेनामाथि हिजो ग्रिनेड प्रहार भएको हो ।
कंगोको माभिवि बिमानस्थलका लागि सामग्री ल्याउदै गर्दा इस्कर्टिङमा खटिएको नेपाली सेनाको टोलीमाथि आक्रमण भएको हो । सेनाको टोली चढेको गाडीको पछाडिपट्टी मोटरसाईकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर भएपनि खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ । गम्भीर घाइते दुवैलाई गोमास्थित संयुक्त राष्ट्रसंघीय अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको छ । बाँकीको भने बज्रदल गण माभिविमा उपचार भइरहेको छ ।
शान्ति स्थापनार्थ बज्रदल गण २०

0 comments:

Post a Comment