Saturday, March 15, 2014

विद्यार्थी संगठनद्वारा मूल्य बृद्धि विरुद्ध आन्दोलनको घोषणा


१ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ, अनेरास्ववियुसहितका १३ विद्यार्थी संगठनहरुले उपत्यका वन्दसहितको विरोधका कार्यक्रम घोषणा गरेका छन् । शनिवार दिउँसो बागबजारस्थित अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा बसेको १३ विद्यार्थी संगठनको बैठकले उपत्यका बन्दसहित ६ दिने विरोधका कार्यक्रम घोषणा गरेको हो ।aandolan-1
वैठकले शनिवार दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट विरोध प्रदर्शन सुरु गर्ने निर्णय गरेको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार चैत्र २ गते पेट्रोलियम पदार्थको मूल्य बृद्धिको निर्णय फिर्ता लिन आग्रह गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । यस्तै चैत ३ गते सरोकारवालासंग अन्तरक्रिया गर्ने , ३ र ४ गते सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन तथा सरकारी गाडि प्रवेशमा रोक लगाउने, ४ गते साँझ देशभर मसाल जुलुस गर्ने र ५ गते उपत्यका वन्द गर्ने निर्णय वैठकले गरेको छ ।
यसैवीच एमालेसमर्थित युवासंघले शनिवार राजधानीमा आधा घण्टा चक्का जामको गरेको छ । युवा संघका प्रवक्ता प्रभात कटुवालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार शनिबार दिउँसो १ बजेदेखि साढे एक बजेसम्म काठमाडौंको मीनभवनमा आधा घण्टा चक्काजाम गरिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारकाले बन्द हडताल र चक्काजामलाई निरुत्साहित गर्ने १२ बुँदे प्रतिवद्धतामा जनाए पनि गृहमन्त्री वामदेव गौतमको दल नेकपा एमालेको भातृ संगठनले राजधानीमा चक्काजामको आयोजना गरेको हो ।

0 comments:

Post a Comment