१ चैत, काठमाडौँ । गत मार्च ८ मा मलेसियाबाट चीनको बेइजिङका लागि उडेको विमान हराएको एकसातापछि मलेसियन सरकारी अधिकारहरुले सो विमान अपहरणमा परेको निष्कर्ष निकालेका छन् ।
मलेसियन सरकारका अनुसन्धानकर्ताले बेइजिङका लागि उडेको मलेसियन इयरलान्यन्सको बोइङ ३७० विमान कुनै एक अनुभवी पाइलट वा अन्य कोहीले विमानका सञ्चार उपकरणहरु बन्द गरेर अपहरण गरेको दाबी गरेका छन् ।
मलेसियन समाचार एजेन्सीका अनुसार अनुसन्धानमा संलग्न सरकारी अधिकारीले शनिबार विमान लुकाइएको बताए । तर विमानको स्थितिबारे भने उनीहरुले केही उल्लेख गरेका छैनन् । विमान बेपत्ता भएपछि छानविन गर्न गठित सरकारी अनुसन्धानकर्ताले विमान कहाँ लगियो भन्नेबारे अझैसम्म स्पष्ट नभएको बताएका छन् । सरकारी अधिकारीले भनेका छन्, ‘अपहरण हाम्रो निष्कर्ष हो ।’
मलेसियाको क्वालालम्पुरदेखि वेइजिङका लागि गत मार्च ८ तारिखमा उडेको एक घण्टामै विमान सम्पर्क विच्छेद भएको थियो । उक्त विमानमा १२ सदस्यीय चालक दल र २२७ यात्रु सवार थिए ।
0 comments:
Post a Comment