Wednesday, March 5, 2014

१८ दिनमा १२५ कामदारको उद्धार, साढे २५ लाख क्षतिपूर्ति


bairo
 २१ फागुन काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौं, कतार, मलेसिया र साउदी अरबमा गरेको १८ दिने अपरेसन डे पोकोमा १२५ कामदारको उद्धार गरेको छ ।
विभागले गरेको अपरेसनमा ४२ म्यानपावर कम्पनी र १२ वटा ट्रेनिङ सेन्टर कारवाहीमा परेका छन् । आठ वटा म्यानपावरलाई न्यायधकिरणमा मुद्दा दायर गरिएको छ भने २८ वटा म्यानपावरलाई निलम्बन गरिएको छ ।
 बैदेशिक रोजगारीमा कार्यरत कामदारको गुनासो आएपछि फागुन १ गतेदेखि १८ गतेसम्म विभागले अपरेसन सञ्चालन गरेको थियो ।
 अपरेस अवधिमा १७५ जनाको राहदानी फिर्ता गरिएको छ भने १७ जनालाई २५ लाख ४८ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति दिलाइएको विभागले जनाएको छ । कुल ७६ म्यानपावरका विरुद्धमा र ३८ जना व्यक्तिका विरुद्धमा गरी एक सय १४ वटा उजुरी परेको विभागले जनाएको छ ।
अपरेशन पश्चात विभागले व्यवस्थापन परिक्षण तथा निरिक्षण, सेवा र अधिकारको विकेन्दि्रकरण तथा सहजीकरण, मोवाइल डोइ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । त्यसैगरी वैदेशिक रोजगार सम्बन्धी अपराध तथा गुनासोको छिटो व्यवस्थापन गर्न र्‍यापिड रेस्पोन्स टीम, सम्भावित अपराध प्रमाणिकको शुरुवात गरेको छ ।
 अत्यावश्यक सेवाहरुको कार्यालय समय विस्तार गरी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र सार्वजानिक विदाको दिन बिहान ७ बजेदेखि दिउसो ३ बजेसम्म कार्यलय खुल्ने व्यवस्था गरेको छ । त्यसैगरी बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादिन बनाउन पब्लिक प्राइभेट पार्टनरसीप कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।
त्यस्तै श्रम स्वीकृति नविकरणको कार्य प्रक्रिया आउटसोर्सिङमा लाने प्रक्रिया सुरु भएको छ भने आवधिक बीमा, एमआरपी तथा महिला सूचना केन्द्र सम्बन्धि विषेश व्यवस्था गरिएको जनाएको छ ।

1 comment:

  1. kharejma pareko menpower companiko nam pani ullekh gare ajai ramro huntyo

    ReplyDelete